5 years ago
January 21, 2020
एजेन्सी – भारतीय क्रिकेट टोलीका ओपनर शिखर धवनले न्युजिल्यान्डसँगको पाँच टि ट्वान्टी सिरिज गुमाउने भएका छन् । ओपनर शिखर धवनले काँधको चोटको कारण टि ट्वान्टी सिरिज गुमाउने भएका हुन् ।
अस्ट्रेलियासँगको तेस्रो एक दिवसिय खेलमा आइतबार धवन फिल्डिङ गर्ने क्रममा घाइते भएका थिए । जसको कारण उनी ब्याटिङ गर्न आएका थिएनन् । धवनको स्थान युवा विकेटकिपर ब्याट्सम्यान सञ्जु स्यामसनले लिने उच्च संभावना छ ।
अस्ट्रेलियासँगको सुरुवाती दुबै खेलमा धवनले उत्कृष्ट प्रर्दशन गरेका थिए । धवनले पहिलो एक दिवसिय खेलमा ९१ बलमा ९ चौका र १ छक्का सहित ७४ रन जोडेका थिए । अस्ट्रेलियासँगको दोस्रो खेलमा धवनले ९० बलमा १३ चौका र १ छक्का सहित ९६ रनमा क्याच आउट हुन पुगेका थिए ।
उत्कृष्ट लयमा रहेका धवनले सिरिज गुमाउँदा भारतलाई केहि धक्का लाग्ने छ । भारतले न्युजिल्यान्डसँग ५ टि ट्वान्टी, ३ एक दिवसिय र २ टेष्ट खेल्ने छ । पहिलो टि ट्वान्टी खेल शुक्रबार हुने छ । दोस्रो टि ट्वान्टी खेल आईबार हुने छ । तेस्रो टि ट्वान्टी खेल माघ १५ मा हुने छ । चौथो माघ १७ र पाँचौ तथा अन्तिम खेल माघ १९ मा हुने छ ।
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]