5 years ago
January 21, 2020
एजेन्सी – अमेरिकाले आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल र ओमानसँग हुने एकदिवसिय त्रिकोणात्मक सिरिजको लागि १४ सदस्य टोली घोषणा गरेको छ ।
माघ २२ देखि २९ गते सम्म कीर्तिपुर क्रिकेट मैदानमा हुने त्रिकोणात्मक सिरिजको लागि सोमबार सौरभ नेत्रवलकरको कप्तानीमा १४ सस्दय टोली घोषणा गरेको हो । अमेरिकाको टोली शुक्रबार भारत प्रस्थान गर्ने छ ।
अमेरिका क्रिकेट बोर्डका अनुसार मुम्बई क्रिकेट एसोसिएसन-११ सँग तीन एक दिवसिय अभ्यास खेलेपछि नेपाल आउने छ । सचिन तेन्दुलर जिमखान मैदानमा हुने अभ्यास खेलको लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड र मुम्बई क्रिकेट बोर्डले स्वीकृती दिई सकेको अमेरिकाले जनाएको छ ।
अमेरिकाको घोषित टोलीमा दक्षिण अफ्रिकाबाट एक दिवसिय र टि ट्वान्टी आई खेलि सकेका तीब्र गतिका बलर रस्टी थेरन र वेस्ट इन्डिजका पुर्व ओपनर जेवियर मार्शल लगातका खेलाडीलाई समेट्दै बलियो टोली घोषणा गरेको छ ।
अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्दै आएका तीब्र गतिका बलर अली खान भने अमेरिकाको टोलीमा छैनन् ।
अमेरिकाको टोलीः सौरभ नेत्रवलकर (कप्तान), स्टिभ टेलर, करिमा गोर, इयान हल्यान्ड, अक्षय होमराज, एल्मोर हचिन्सन, आरोन जोन्स, नास्तुश केन्जोगे, जेवियर मार्शल, मोनन्क पटेल, निसारग पटेल, तिमिल पटेल, क्यामरन स्टीभेन्सन र रस्टी थेरन ।
त्रिकोणात्मक सिरिजमा अमेरिकाको खेल तालिका
माघ २३ गते – अमेरिका विरुद्ध ओमान
माघ २५ गते – नेपाल विरुद्ध अमेरिका
माघ २८ गते – अमेरिका विरुद्ध ओमान
माघ २९ गते – नेपालविरुद्ध अमेरिका
अमेरिका शीर्ष स्थानमा नेपाल बाहेक अन्य ६ टोलीले विश्वकप लिग २ अन्तर्गत दुई त्रिकोणात्मक सिरिज खेलि सक्दा अमेरिका शीर्ष स्थानमा छ । अमेरिका ८ खेलमा ६ मा जित र २ मा हार सहित शीर्ष स्थानमा छ । ८ खेलमा ४ मा जित र ३ मा हार सहित स्कटल्यान्ड दोस्रो स्थानमा छ ।
८ खेलमा ४ मा जित र ३ मा हार सहित नामिबिया तेस्रो स्थानमा छ । ओमान ८ खेलमा ४ मा जित र २ मा हार सहित चौथो स्थानमा छ । ८ खेलमा यएईले समान ३ मा जित र हार सहित पाँचौ स्थानमा छ । पुछारमा रहेको पप्पुवा न्युगिनी ८ खेलमा ८ खेल हार्दै पुछारमा छ ।
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]