5 years ago
January 21, 2020
एजेन्सी – दक्षिण अफ्रिकामा जारी आईसीसी यू१९ विश्वकप अन्तर्गत सोमबार राती सम्पन्न खेलमा वेस्ट इन्डिज र अष्ट्रेलिया विजयी भएका छन् । समुह बी को खेलमा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई डक वर्थ लेविस पद्धतीको आधारमा ७१ रनले हराउँदै क्वाटरफाइनल नजिक पुगेको छ ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६७ रन बनायो । उसका केल्वन एन्डरसन १ सय ५ बलमा ६ चौका र ३ छक्का सहित ८५ रनमा अविजित रहे । नइम योङ ६६, कप्तान किमानी मेलियस २४ र विकेटकिपर लियोनार्डो जुलिएन ४० रनमा आउट भए ।
२ सय ६७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ४३.४ ओभरमा १ सय ८४ रन बनाउन ९ विकेट गुमायो । उसका टम क्लार्क ३८ र बेन चाल्र्सवर्थले ३६ रन जोडे । नइम योङले ५ विकेट लिदै म्यान अफ द म्याच चुनिए । पहिलो खेलमा वेस्ट इन्डिजले अष्ट्रेलियालाई ३ विकेटले हराएको थियो ।
समुह बी कै अर्को खेलमा अष्ट्रेलियाले पहिलो पटक य१९ विश्वकप खेलेको नाइजेरियालाई १० विकेटले हरायो । टस जितेर पहिला ब्याटिङ गरेको नाइजेरिया ३०.३ ओभरमा ६१ रनमा अल आउट भयो । एलिजा ओललेये २१ रन बनाए । नाइजेरियाका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । स्पिनर तनवीर संघाले ५ विकेट लिए । ६१ रनको लक्ष्य अष्ट्रेलियाले ७.४ ओभरमा कुनै विकेट नगुमाई पुरा गर्यो ।
मंगलबार दुई खेल हुँदै छन् । पहिलो खेलमा समह सी बंगलादेश र स्कटल्यान्ड भिड्ने छन् । पहिलो खेलमा बंगलादेशले जिम्बावेलाई ९ विकेटले हराएको थियो । स्कटल्यान्ड पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । समुह ए को खेलमा भारतले पहिलो पटक विश्वकप खेलि रहेको जापानसँग खेल्ने छ । पहिलो खेलमा भारतले श्रीलंकालाई ९० रनले हराएको थियो । जापानले पहिलो खेलमा न्युजिल्यान्डसँगको वर्षाको कारण १-१ अंक बाडेको थियो ।
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]