default_image

5 years ago

January 20, 2020

इंग्ल्यान्ड इनिङ अन्तरले विजयी

105 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिकासँगको तेस्रो टेष्ट खेलमा इंग्ल्यान्ड सोमबार ५३ रनको इनिङ अन्तरले विजयी भएको छ । यो सँगै चार टेष्ट सिरिजमा इंग्ल्यान्डले २-१ को अग्रता लिएको छ ।

इंग्ल्यान्डले ४ सय ९९ रन बनाउन ९ विकेट गुमाएको अवस्थामा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो । उसका २२ वर्षिय यवा ब्याट्सम्यान ओल्ली पोपले २ सय २६ बलमा १८ चौका र १ छक्का सहित १ सय ३५ रनमा अविजित रहे । पोप नै म्यान अफ द म्याच चुनिए । बेन स्टोक्सले २ सय १४ बलमा १२ चौका र २ छक्का सहित १ सय २० रनको शतकीय इनि ङ खेले । साम करन ४४, मार्क वुड ४२, कप्तान जो रुट २७, जो डेनली २५, डोमोनिक सिब्ली ३६ र ज्याक क्रालीले ४४ रनमा आउट भए । दक्षिण अफिका केशव महाराजले ५ र कागिसो रबाडाले २ विकेट लिए ।

दक्षिण अफ्रिकाले पहिलो इनिङमा २ सय ९ रनमा अल आउट भयो । विकेटकीपर क्विन्टन डी ककले सर्वाधिक ६३ रनको योगदान दिए । ओपनर डिन एल्गर ३५, पिटर मलान १८ र रस्सी भान दसेनले २४ रनको योगदान दिए । इंग्ल्यान्डका युवा स्पिनर डोमिनिक बेसले ५ विकेट लिए । इंल्यान्डले दक्षिण अफ्रिकालाई फलोअनमा पारेको थियो ।

दोस्रो इनिङ थालेको दक्षिण अफ्रिका २ सय ३७ रनमा अल आउट भएपछि इनिङ अन्तरले विजयी भएको हो । दक्षिण अफ्रिका केशव महाराज अन्तिम विकेटका रुपमा रन आउट हुनु अघि १ सय ६ बलमा १० चौका र ३ छक्का सहित ७१ रन जोडे । केशवले रुटलाई ८२ औं ओभरमा ४ चौका र २ छक्का सहित कुल २८ रन जोड ।

अन्तिम विकेटका लागि केशव र डेन पेटरशनले ९९ रनको साझेदारी गर्दै खेललाई केहि समय रोमान्चक बनाएका थिए । डेन पेटरसन ३९ रनमा अविजित रहे । कप्तान फाफ डु प्लेसिसले ३६ रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । इंग्ल्यान्डका कप्तान जो रुटले ४ र मार्क उडले ३ विकेट लिए ।

पहिलो खेलमा दक्षिण अफ्रिका १ सय ७ रनले विजयी भएको थियो । दोस्रो खेलमा इंग्ल्यान्डले १ सय ८९ रनको फराकिलो जित निकालेको थियो । चौथो टेष्ट शक्रबार देखी सुरु हुने छ ।

February 28, 2025

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्सिप ट्रफीको सेमिफाइनलमा

एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]

February 28, 2025

अस्ट्रेलियालाई अफगानिस्तानको मध्यम लक्ष्य

एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल‌ र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा‌ ८५ […]

February 28, 2025

एक्स्ट्राटेक ओभलमा संसदीय समितिको निरीक्षण

सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]

Success

Thank you for your time.