default_image

5 years ago

January 20, 2020

आरिफको शतकमा मलेसिया-११ पराजित

134 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान आरिफ शेखको उत्कृष्ट शतकसँगै एक दिवसिय अभ्यास खेलमा मलेसिया छनोट-११ माथि नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष-११ ले सहज जित हात पारेको छ ।

पोखरा रंगशालामा भएको पहिलो एक दिवसिय अभ्यास खेलमा क्यान अध्यक्ष-११ ले मलेसिया छनोट-११ लाई १ सय ३५ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस हारेर पहिला ब्याटिङ थालेको क्यान-११ ले ४७ ओभरमा अल आउट हुँदै २ सय ७७ रन बनाएको थियो । क्यान-११ को लागि युवा ब्याट्सम्यान आरिफ शेखले १ सय ५ बलमा ७ चौका र ५ छक्का सहित कुल १ सय १ रनको शतकीय इनिङ खेले । आरिफ रिटायर्ट आउट भएका थिए ।

ओपनर सुबास खकुरेल १२ र कप्तान ज्ञानेन्द्र मल्ल १९ रनमा आउट भए । पारस खड्का ११ औं ओभरको अन्तिम बलमा १५ रनमा क्याच आउट भएपछि नेपाल ५८-३ को अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि आरिफ र सन्दीप जोराले १ सय ५३ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै नेपाललाई विशाल योगफलमा पुर्याए ।

सन्दीप जोराले ७० बलमा ७ चौका र १ छक्का सहित ५८ रनको योगदान दिए । कुशल भुर्तेल २, सुमित महर्जन ७ र कुशल मल्ल १४ रनमा आउट भए । करण केसीले तल्लोक्रममा १४ बलमा ३ छक्का र १ चौका सहित २६ रनको योगदान दिए । पवनदीप सिंहले १० ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । त्यस्तै मोहम्मद आरिफले ६ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । मोहम्मद नजरिलको नाममा २ विकेट रह्यो ।

जितका लागि २ सय ७८ रनको लक्ष्य पछ्याएको मलेसिया ३७.२ ओभरमा अल आउट हुँदै १ सय ४२ रन बनायो । ओपनर भुषण सेभ ८, ऐनुल हकिम २८, अहमद फैज ६, विरनदीप सिंह २४ र सैद अजिज २८ रनमा आउट भए । करण केसीले ८ ओभरमा २ मेडन सहित २७ रन खर्चेर ३ विकेट लिए । कमल सिंह ऐरीले ७ ओभरमा १ मेडन सहित २४ रन खर्चेर ३ विकेट लिए । कुशल मल्लले २ विकेट लिदा अभिनास बोहरा र पारस खड्काले १-१ विकेट लिए ।

सुनसरीको इनरुवामा सम्पन्न मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको लागि मलेसिया छनोट-११ अघिल्लो हप्ता नेपाल आएको थियो । मलेसिया-११ लाई क्यानले ओमान र अमेरिकासँग हुने त्रिकोणात्मक सिरिजको बन्द प्रशिक्षणमा रहेका नेपाली २४ खेलाडीसँग तीन एक दिवसिय अभ्यास खेलको ब्यवस्था मिलाएको हो ।

तस्बिरहरु : सुदर्शन रञ्‍जित

February 28, 2025

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्सिप ट्रफीको सेमिफाइनलमा

एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]

February 28, 2025

अस्ट्रेलियालाई अफगानिस्तानको मध्यम लक्ष्य

एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल‌ र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा‌ ८५ […]

February 28, 2025

एक्स्ट्राटेक ओभलमा संसदीय समितिको निरीक्षण

सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]

Success

Thank you for your time.