5 years ago
January 20, 2020
एजेन्सी – अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्स सिड्नी सिक्सर्ससँग डक वर्थ लेविस पद्धतीको आधारमा २१ रनले पराजित भएको छ ।
जितका लागि १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको मेलबर्न स्टार्सले निर्धारित १४ ओभरमा ५ विकेट गुमाउँदै १ सय २५ रन बनायो । मेलबर्नका ओपनर मार्कस स्टोइनिसले ३७ बलमा ३ चौका र ४ छक्का सहित ६२ रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन् । ओपनर हिल्टन कार्टराइटले २१, कप्तान ग्लेन म्याक्सवेल १२ र निक मिडिनसनले २१ रनको योगदान दिए । बेन द्धारिसहुइस र टम करनले २-२ विकेट लिए । नाथन लायनको नाममा १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सिड्नीले निर्धारित १४ ओभरमा ४ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको थियो । वर्षाको कारण खेल ६ ओभर घटाईएको थियो । सिड्नीका कप्तान मोइसेस हेनरिक्सले मात्रै ३१ बलमा ८ छक्का र २ चौका सहित ७२ रन जोडेपछि विशाल योगफल बनाएको हो ।
जेम्श भिन्स २२ बलमा २ छक्का र १ चौका सहित ४१ रनमा अविजित रहे । सन्दीपले ३ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । डानियल वोरलको नाममा १ विकेट रह्यो । सन्दीपले पाँचौ ओभरमा मात्र ३ रन खर्चेर २ विकेट लिए । डानियल ह्यूजेस र दोस्रोमा जोश फिलिपलाई एक एक रन दिए । तेसो बल डट राखे । चौथो बलमा डानियललाइ सन्दीपले १४ रनमा स्टम्पिङ आउट गराए । पाचौं बलमा जेम्श भिन्सलाइ १ रन दिएका सन्दीपले अन्तिम बलमा फिलिपलाइ १० रनमा क्याच गराए ।
सन्दीपले ७ औं ओभरमा ११ रन खर्चिए । ११ औं ओभरमा सन्दीपले २४ रन खर्चिए । जेम्स भिन्सले पहिलो बलमा छक्का र दोस्रो बलमा चौका प्रहार गरे । तेस्रो बलमा एक रन दिए । चौथो र पाचौं बलमा मोइसेस हेनरिक्सले लगातार छक्का प्रहार गरेपछि सन्दीप महगो साबित भएका हुन् ।
मेलबर्न स्टार्सको जारी बिग ब्यास लिगमा यो दोस्रो हार हो । मेलबर्न स्टार्स १२ खेलमा १० मा जित र २ मा हार सहित शीर्ष स्थानमा छ । सिड्नी सिक्सर्स १२ खेलमा ७ मा जित र ४ मा हार सहित दोस्रो स्थानमा रहेको छ । मेलबर्नले आफ्नो १३ औं खेलमा एडिलेड स्टाइकर्ससँग बुधबार खेल्ने छ ।
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]