default_image

5 years ago

January 20, 2020

सन्दीप सम्मिलित स्टार्सलाई सिड्नीको विशाल लक्ष्य

97 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सलाई सिड्नी सिक्सर्सले १ सय ४७ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको सिड्नीले निर्धारित १४ ओभरमा ४ विकेट गुमाउँदै १ सय ४३ रन बनायो ।

वर्षाको कारण खेल ६ ओभर घटाईएको थियो । डक वर्थ लिविस पद्दती अनुसार मेलबर्नले १ सय ४७ रनको लक्ष्य पाएको हो । सिड्नीका कप्तान मोइसेस हेनरिक्सले मात्रै ३१ बलमा ८ छक्का र २ चौका सहित ७२ रन जोडेपछि विशाल योगफल बनाएको हो ।

जेम्श भिन्स २२ बलमा २ छक्का र १ चौका सहित ४१ रनमा अविजित रहे । सन्दीपले ३ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । डानियल वोरलको नाममा १ विकेट रह्यो ।  तीन ओभर सन्दीपले पाँचौ ओभरमा मात्र ३ रन खर्चेर २ विकेट लिए ।

डानियल ह्यूजेस र दोस्रोमा जोश फिलिपलाई एक एक रन दिए । तेसो बल डट राखे । चौथो बलमा डानियललाइ सन्दीपले १४ रनमा स्टम्पिङ आउट गराए । पाचौं बलमा जेम्श भिन्सलाइ १ रन दिएका सन्दीपले अन्तिम बलमा फिलिपलाइ १० रनमा क्याच गराए ।

सन्दीपले ७ औं ओभरमा ११ रन खर्चिए । ११ औं ओभरमा सन्दीपले २४ रन खर्चिए । जेम्स भिन्सले पहिलो बलमा छक्का र दोस्रो बलमा चौका प्रहार गरे । तेस्रो बलमा एक रन दिए । चौथो र पाचौं बलमा मोइसेस हेनरिक्सले लगातार छक्का प्रहार गरेपछि सन्दीप महगो साबित भएका हुन् ।

February 28, 2025

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्सिप ट्रफीको सेमिफाइनलमा

एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]

February 28, 2025

अस्ट्रेलियालाई अफगानिस्तानको मध्यम लक्ष्य

एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल‌ र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा‌ ८५ […]

February 28, 2025

एक्स्ट्राटेक ओभलमा संसदीय समितिको निरीक्षण

सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]

Success

Thank you for your time.