default_image

5 years ago

January 19, 2020

रोहित र विराटको उत्कृष्ट ब्याटिङमा भारतलाई सिरिज

108 views

0 Bookmark

एजेन्सी – ओपनर रोहित शर्माको शतक र कप्तान विराट कोहलीको उत्कृष्ट ब्याटिङमा अष्ट्रेलियासगको तीन एकदिवसीय सिरिज घरेलुु टोली भारतले जितेको छ । आइतबार अष्ट्रेलियालाई ७ विकेटले हराउँदै २-१ ले जितेको हो । पहिलो खेलमा १० विकेटले पराजित भएको भारतले दोस्रो खेलमा अष्ट्रेलियालाई ३६ रनले हराएको थियो ।

२ सय ८७ रनको विजयी लक्ष्य पछयाएको भारतले ४७.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा ओपनर रोहित शर्माले १ सय १९ रनको योगदान दिए । ३७ औं ओभरको चौथो बलमा एडम जम्पाले मिचेल स्टार्कबाट क्याच गराउनु अघि रोहितले १ सय २८ बलमा ६ छक्का र ८ चौका प्रहार गरे । रोहितको यो एकदिवसीयमा २९ औं शतक हो ।

रोहितले दोस्रो विकेटका लागि कप्तान विराट कोहलीसग १ सय ३७ रनको साझेदारी गर्दै सहज जित तर्फ लम्काएका थिए । कप्तान विराट कोहली ९१ बलमा ८ चौका सहित ८९ रनमा आउट भए । कोहलीलाई जोश हेजलवुडले ४६ औं ओभरको पाँचौ बलमा बोल्ड आउट गरे ।

युवा ब्याट्सम्यान श्रेयर ऎर ३५ बलमा ६ चौका र १ छक्का सहित ४४ रनमा अविजित रहे । ओपनर लोकेश राहुल १९ रनमा आउट हुँदा मनिष पान्डे ८ रनमा नट आउट रहे । अष्ट्रेलियाका एडम जम्पा, जोश हेजलवुड र एस्टन अगरले १-१ विकेट लिए ।

त्यस अघि टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८६ रन बनाएको थियोे । पुर्व कप्तान स्टिभ स्मिथले १ सय ३१ रनको शतकिय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् । ओडिआइ करिअरको नवौं शतक प्रहार गरेका स्मिथले १ सय ३२ बलमा १४ चौका र १ छक्का प्रहार गरे ।

स्मिथलाई ४८ औं ओभरको पहिलो बलमा मोहम्मद शामीले श्रेयर ऎरबाट क्याच आउट गराएका थिए । चौथो ओभरको दोस्रो बलमा ओपनर डेविड वार्नरलाई मोहम्मद शामीले विकेटकिपर लोकेश राहुलबाट ३ रनमा क्याच गराए । नवौं ओभरको पाँचौ बलमा कप्तान आरोन फिन्च स्टिभ स्मिथसग तालमेल गर्न नसक्दा १९ रनमा रन आउट भए ।

फिन्चले २६ बलमा १ चौका र १ छक्का प्रहार गरे । दुबै ओपनरलाई सस्तैमा गुमाएको अष्ट्रेलियालाई तेस्रो विकेटका लागि स्मिथ र युवा खेलाडी मार्नस लाबुसेनले १ सय २७ रनको सतकिय साझेदारी गर्दै बलियो योगफलमा पुर्याएका थिए । रविन्द्र जडेजाले ३२ औं ओभरको तेस्रो बलमा लाबुसेनलाई ५४ रनमा कप्तान विराट कोहलीबाट क्याच गराउदै साझेदारी तोडेका थिए ।

एक दिवसीय खेलमा पहिलो अर्ध शतक प्रहार गरेका लाबुसेनले ६४ बलमा ५ चौका प्रहार गरे । विकेटकिपर एलेक्स करिले ३६ बलमा ६ चौका सहित ३५ रन जोडै टोलीलाई बलियो योगफल तर्फ लगेका थिए । कुलदिप यादवलाइ ४२ औं ओभरको चौथो बलमा ठुलो सट खेल्ने धुनमा करि श्रेयरबाट क्याच आउट पुन पुगेका थिए । एस्टन टर्नर ४ रनमा क्याच आउट भए । एस्टन अगर ११ रनमा नट आउट रहे ।

भारतका तीब्र गतिका बलर मोहम्मद शामीले १० ओभरमा ६३ रन खर्चेर ४ विकेट लिए । स्पिनर रविन्द्र जडेजाले १० ओभरमा १ मेडन सहित ४४ रन खर्चेर २ विकेट लिए । कुलदिप यादव र नवदिप सैनिको नाममा १-१ विकेट रह्यो ।

February 28, 2025

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्सिप ट्रफीको सेमिफाइनलमा

एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]

February 28, 2025

अस्ट्रेलियालाई अफगानिस्तानको मध्यम लक्ष्य

एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल‌ र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा‌ ८५ […]

February 28, 2025

एक्स्ट्राटेक ओभलमा संसदीय समितिको निरीक्षण

सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]

Success

Thank you for your time.