5 years ago
January 19, 2020
एजेन्सी – पुर्व कप्तान स्टिभ स्मिथले उत्कृष्ट शतक प्रहार गरेपछि तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा अष्ट्रेलियाले भारतलाई २ सय ८७ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८६ रन बनायो ।
अष्ट्रेलियालाई बलियो योगफलमा पुर्याउन पुर्व कप्तान स्टिभ स्मिथले १ सय ३१ रनको शतकिय इनिङ खेले । स्मिथको यो ओडिआइ करिअरको नवौं शतक हो । स्मिथले १ सय ३२ बलमा १४ चौका र १ छक्का प्रहार गरे । स्मिथलाई ४८ औं ओभरको पहिलो बलमा मोहम्मद शामीले श्रेयर ऎरबाट क्याच आउट गराए । स्मिथले दुई वर्ष पछी एकदिवसीय क्रिकेटमा सतक प्रहार गरेका हुन् ।
चौथो ओभरको दोस्रो बलमा ओपनर डेविड वार्नरलाई मोहम्मद शामीले विकेटकिपर लोकेश राहुलबाट ३ रनमा क्याच गराए । नवौं ओभरको पाँचौ बलमा कप्तान आरोन फिन्च स्टिभ स्मिथसग तालमेल गर्न नसक्दा १९ रनमा रन आउट हुन पुगे । फिन्चले २६ बलमा १ चौका र १ छक्का प्रहार गरे ।
दुबै ओपनरलाई सस्तैमा गुमाएको अष्ट्रेलियालाई तेस्रो विकेटका लागि स्मिथ र युवा खेलाडी मार्नस लाबुसेनले १ सय २७ रनको सतकिय साझेदारी गर्दै इनिङ उकासेका थिए ।
रविन्द्र जडेजाले ३२ औं ओभरको तेस्रो बलमा लाबुसेनलाई ५४ रनमा कप्तान विराट कोहलीबाट क्याच गराउदै सतकिय साझेदारी तोडेका थिए । एक दिवसीय खेलमा पहिलो अर्ध शतक प्रहार गरेका लाबुसेनले ६४ वलमा ५ चौका प्रहार गरे
विकेटकिपर एलेक्स करिले ३६ बलमा ६ चौका सहित ३५ रन जोडै टोलीलाई बलियो योगफल तर्फ लम्काए । कुलदिप यादवलाइ ४२ औं ओभरको चौथो वलमा ठुलो सट खेल्ने धुनमा करि श्रेयरबाट क्याच आउट पुन पुगेका थिए । एस्टन टर्नर ४ रनमा क्याच आउट भए । एस्टन अगर ११ रनमा नट आउट रहे ।
भारतका तीब्र गतिका बलर मोहम्मद शामिले १० ओभरमा ६३ रन खर्चेर ४ विकेट लिए ।
स्पिनर रविन्द्र जडेजाले १० ओभरमा १ मेडन सहित ४४ रन खर्चेर २ विकेट लिए । कुलदिप यादवले १० ओभरमा ६२ रन खर्चेर १ विकेट लिए । नवदिप सैनिको नाममा १ विकेट रह्यो ।
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]