5 years ago
January 18, 2020
सुनसरी (हाम्रो खेलकु) – युवा ब्याट्सम्यान तथा त्रिभुवन आर्मीका कुशल मल्ल सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल एक दिवसिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान घोषित भएका छन् ।
आर्मीलाई उपाधि दिलाउन महत्त्वपूर्ण प्रर्दशन गरेका कुशलले ४ खेलमा १ सय ९६ रन बनाएका थिए । उनले एपीएफ विरुद्ध १ सय ११, इनरुवाविरुद्ध ३५, सेमिफाइनलमा प्रदेश ३ विरुद्ध ३७ र फाइनलमा पुलिस विरुद्ध १३ रन जोडेको थिए ।
आर्मीका स्पिनर सुसन भारी म्यान अफ द सिरिज चुनिए । सुसनले ४ खेलमा २९.४ ओभरमा ८५ रन खर्चेर १५ विकेट लिए । एपीएफविरुद्ध १, इनरुवा विरुद्ध ह्याट्रिक सहित ७ विकेट र प्रदेश ३ विरुद्ध ३ विकेट लिए । त्यस्तै फाइनलमा पुलिस विरुद्ध ४ विकेट लिएका थिए ।
सुदूरपश्चिम प्रदेशका बायाँ हाते स्पिनर विनोद लामा उत्कृष्ट बलर चुनिए । उनले ३ खेलमा १४ विकेट लिएका थिए । उनले मलेसिया-११ विरुद्ध ४, गण्डकी प्रदेशविरुद्ध ७ र पुलिस विरुद्ध ३ विकेट लिएका थिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित सुसनले ५५ हजार, उत्कृष्ट ब्याट्सम्यान कुशल मल्ल र बलर विनोद लामाले समान २१-२१ हजार नगद प्राप्त गरे । शनिबार फाइनलमा आर्मीले पुलिसलाई ८५ रनले हराउँदै उपाधि जितेको थियो ।
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]