default_image

5 years ago

January 18, 2020

पुलिसलाई हराउँदै आर्मी एमएम कप च्याम्पियन

98 views

0 Bookmark

सुनसरी (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

शनिवार फाइनलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ८५ रनले पराजित गर्दै उपाधि जितेको हो । यो सँगै विजेता आर्मीले ४ लाख ५ हजार र उप विजेता पुलिसले २ लाख ५ हजारमा नगद प्राप्त गरेका छन् । १ सय ८५ रनको विजयी लक्ष्य पक्ष्याएको पुलिस २४.४ ओभरमा अल आउट हुँदै ९९ रनमा समेटियो ।

पहिलो ओभरको तेस्रो बलमै स्पिनर सुशन भारीले ओपनर पवन सरार्फलाई शून्यमा बोल्ड आउट गरे । छैटौं ओभरको चौथो बलमा अर्का ओपनर सुनिल धमलालाई बिक्रम शोबले राजु रिजालबाट ८ रनमा क्याच गराए ।

११ औं ओभरको चौथो बलमा कुशल मल्लले अमित श्रेष्ठलाई २३ रनमा एलबी डब्लू आउट गरे । अमितले २८ बलमा ४ चौका प्रहार गरे । १३ औं ओभरको अन्तिम बलमा कुशल मल्लले दीपेन्द्र सिंह ऐरीलाई ५ रनमा विकेटकिपर राजु रिजालबाट स्टम्पिङ आउट गरेपछि पुलिसको उपाधिको सम्भावना टाढिएको थियो ।

१७ औं ओभरको दोस्रो बलमा अनिल कुमार शाहलाई साहब आलमले २१ रनमा बोल्ड आउट गरे । दिलिप नाथ ४, कुशल भुर्तेल २६ रनमा अबिजित र कप्तान मञ्जित श्रेष्ठले १ रनको योगदान दिए ।

आर्मीलाई उपाधि दिलाउन सुशन भारीले ५.१ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । कुशल मल्ल र साहब आलमले २-२ विकेट लिए ।

त्यसअघि शनिबार बिहान इनरुवा क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको आर्मी ४८.५ ओभरमा अल आउट हुँदै १ सय ८४ रनमा समेटिएको थियो । खराव सुरुवात गरेको आर्मीलाई कप्तान विनोद भण्डारी र बिक्रम शोबले आठौं विकेटका लागि ५३ रनको महत्त्वपूर्ण साझेदारी गर्दै प्रतिस्पर्धात्मक योगफलमा पुर्याएका थिए ।

यी दुईबीचको साझेदारी दीपेन्द्र सिंह ऐरीले ४४ औं ओभरको पाचौं बलमा बिक्रमलाई १५ रनमा एलबीडब्लू आउट गर्दै तोडेका थिए ।

विनोदले सर्वाधिक ४० रनको योगदान दिए । पवन सरार्फलाई ठुलो सट प्रहार गरेका विनोद लङ अनमा अनिल कुमार शाहबाट क्याच हुनुअघि विनोदले ६६ बलमा ४ चौका प्रहार गरे ।

आठौं ओभरको पहिलो बलमा दीपेन्द्र सिंह ऐरीले ओपनर अनिल कुमार मण्डललाई ५ रनमा बोल्ड आउट गरे । ११ औं ओभरको तेस्रो बलमा ललित नारायण राजवंशीले सुनिल धमलाबाट राजु रिजाललाई २२ रनमा क्याच गराए । राजुले ३६ बलमा ४ चौका प्रहार गरे ।

१४ औं ओभरको तेस्रो बलमा सागर ढकालले रोहित कुमार पौडेललाई ११ रनमा एलबीडब्लू आउट गरे । १७ औं ओभरको चौथो बलमा भिम सार्कीलाई ललितले ७ रनमा बोल्ड आउट गरे ।

२० औं ओभरको चौथो बलमा कुशल मल्ललाई सागरले १३ रनमा विकेटकिपर दिलिप नाथबाट स्टम्पिङ आउट गराए । कुशलले १० बलमा २ चौका प्रहार गरे । हरि बहादुर चौहान ३ रनमा आउट भए ।

सागरले २८ औं ओभरको पहिलो बलमा दिलिपबाट राजेश पुलामी मगरलाई ३१ रनमा क्याच गराएपछि आर्मी संकटमा परेको थियो । राजेशले ४९ बलमा ४ चौका प्रहार गरे । सुशन भारी ८ र साहब आलमले ४ रन जोडे ।

पुलिसका स्पिनर सागर ढकालले १० ओभरमा १ मेडन सहित २९ रन खर्चेर ३ विकेट लिए । ललित नारायण राजवंशीले १० ओभरमा १ मेडन सहित ३२ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रले ९।५ ओभरमा २७ रन खर्चेर ३ र पवन सरार्फले १ विकेट लिए ।

February 28, 2025

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्सिप ट्रफीको सेमिफाइनलमा

एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]

February 28, 2025

अस्ट्रेलियालाई अफगानिस्तानको मध्यम लक्ष्य

एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल‌ र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा‌ ८५ […]

February 28, 2025

एक्स्ट्राटेक ओभलमा संसदीय समितिको निरीक्षण

सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]

Success

Thank you for your time.