default_image

5 years ago

January 17, 2020

अष्ट्रेलियालाई हराउँदै भारतद्वारा सिरिज बराबर

166 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियासँगको दोस्रो एकदिवसीय खेलमा घरेलु टोली भारत ३६ रनले विजयी भएको छ । यो सँगै तीन खेलको एकदिवसीय सिरिज १-१ को बराबरीमा पुगेको छ ।

जितका लागि ३ सय ४१ रनको विजयी लक्ष्य पक्ष्याएको अष्ट्रेलिया ४९.१ ओभरमा ३ सय ४ रनम अल आउट भयो । अष्ट्रेलियाका स्टिभ स्मिथले सर्वाधिक ९८ रनको योगदान दिए । ३८ औं ओभरको पाँचौ बलमा स्पिनर कुलदिप यादवले बोल्ड आउट गर्नुअघि स्मिथले १ सय २ बलमा ९ चौका र १ छक्का प्रहार गरे ।

मोहम्मद शामीको चौथो ओभरको दोस्रो बलमा मनिष पान्डेले उत्कृष्ट क्याच लिदै ओपनर डेविड वार्नरलाई १५ रनमा पेभेलियन फर्काए । १६ औं ओभरको पहिलो बलमा रबिन्द्र जडेजाले कप्तान आरोन फिन्चलाई ३३ रनमा स्टम्पिङ आउट गराए । फिन्चले ४८ बलमा ३ चौका प्रहार गरे । मार्नस लाबुसेन र स्मिथले तेस्रो विकेटका लागि ९६ रनको साझेदारी गर्दै जितको आशा बढाएका थिए । जडेजाको ३१ औं ओभरको पाँचौ बलमा लाबुसेन शामीबाट ४६ रनमा आउट भएपछि अष्ट्रेलियालाई कठिन परेको थियो । लाबुसेनले ४७ बलमा ४ चौका प्रहार गरे ।

विकेटकिपर एलेक्स केरि १८ रनमा आउट भए । एस्टन टर्नर १३ र प्याट कमिन्स शुन्यमा आउट भएपछि अष्ट्रेलियाको जित टाढिएको थियो ।केन रिचड्सनले ११ बलमा ४ चौका र १ छक्का सहित २४ रनमा अविजित रहे । एस्टन अगर २५ र मिचेल स्टार्क ६ रन जोडे । मोहम्मद शामीले १० ओभरमा ७७ रन खर्चेर ३ विकेट लिए । कुलदिप यादवले १० ओभरमा ६५ रन खर्चेर २ विकेट लिए । रबिन्द्र जडेजाले १० ओभरमा ५८ रन खर्चेर २ विकेट लिए । नवदिप सैनिले १० ओभरमा ६२ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि राजकोटमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४० रन बनाएको थियो । स्पिनर एडम जम्पाले १३.३ ओभरमा रोहित शर्मालाई ब्यक्तिगत ४२ रनमा एलबीडब्लू आउट गरे । पहिलो विकेटका लागि शिखर धवन र रोहित शर्माले ८१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । रोहितले ४४ बलमा ६ चौका प्रहार गरे ।

दोस्रो विकेटका लागि शिखर धवन र कप्तान विराट कोहलीले १ सय ३ साझेदारी गर्दै इनिङ उकासे । २९ औं ओभरको चौथो बलमा केन रिचड्सनले मिचेल स्टार्कबाट धवनलाई ९६ रनमा क्याच गराउदै शतकिय साझेदारी तोडे। ओडिआइ करिअरको १८ औं शतक बनाउन ४ रनले चुकेका धवनले ९० बलमा १३ चौका र १ छक्का प्रहार गरे । जम्पाले श्रेयर ऐरलाई ७ रनमा बोल्ड आउट गरे । चौथो विकेटका लागी कोहली र लोकेश राहुलले ७८ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।

कोहली पुन जम्पाकै सिकार बने। ४४ औं ओभरको पहिलो बलमा जम्पालाई ठुलो शट खेलेका कोहली लङ अनमा एस्टन अगरले बल मिचेल स्टार्कलाई दिदै बाउन्ड्री बाहिर गएका थिए । कोहलीले ७६ बलमा ६ चौका सहित ७८ रन जोडे । मनिष पान्डे २ रनमा आउट भए । पहिलो खेलमा कोहलीलाई जम्पाले १६ रनमा आउट गराएका थिए । तल्लोक्रममा विकेटकिपर लोकेश लाहुलले ५२ बलामा ६ चौका र ३ छक्का सहित ८० रनको उत्कृष्ट इनिङ खेलेपछी भारतले विशाल योगफल तयार पारेको थियो ।

राहुल अन्तिम ओभरको चौथो रन आउट हुन पुगे । रविन्द्र जडेजा १६ बलमा १ चौका सहित २० रनमा अविजित रहे । एडम जम्पाले १० ओभरमा ५० रन खर्चेर ३ विकेट लिए । केन रिचड्सनले १० ओभरमा ७३ रन खर्चेर २ विकेट लिए । पहिलो खेलमा अष्ट्रेलिया १० विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल आइतबार हुने छ ।

February 28, 2025

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्सिप ट्रफीको सेमिफाइनलमा

एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]

February 28, 2025

अस्ट्रेलियालाई अफगानिस्तानको मध्यम लक्ष्य

एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल‌ र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा‌ ८५ […]

February 28, 2025

एक्स्ट्राटेक ओभलमा संसदीय समितिको निरीक्षण

सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]

Success

Thank you for your time.