default_image

5 years ago

January 18, 2020

पूरा ५० ओभर टिक्नै मुस्किल!

109 views

0 Bookmark

भूपेन्द्र जिसी, सुनसरी

घरेलु संरचना र प्रतियोगिताले त्यो देशको क्रिकेट स्तर थाहा हुन्छ । घरेलु प्रतियोगिता र उमेर समुहको प्रर्दशननै राष्ट्रिय टोलीको ढोका सम्म पुग्ने आधार हो ।

युवा होस् वा लय बाहिर रहेका खेलाडी सबैलाई पुनरागमन गर्ने राम्रो अवसर घरेलु प्रतियोगिता हो । नेपालमा मात्र होइन, विश्वभर यसरी नै चल्ने गर्दछ । नेपालले एकदिवसिय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पाएको झण्डै दुई वर्ष पुग्न लागेको छ । दुई वर्ष पुग्न लाग्दा नेपालले ओडीआईको लाभ खासै उठाउन सकेको छैन ।

घरेलु क्रिकेटमा एकदिवसिय फर्म्याटको प्रतियोगिता कमै मात्रामा हुन्छ । तुलनात्मक रुपमा यस वर्ष नेपालले ट्वान्टी भन्दा एकदिवसीय निकै कम खेल्यो । पछिल्लो तीन वर्षयता नेपालमा एकदिवसिय प्रतियोगिताको रुपमा प्रधानमन्त्री राष्ट्रिय कप हुँदै आएको छ । मनमोहन मेमोरियल एकदिवसिय क्रिकेट प्रतियोगिता सुनसरीको इनरुवामा जारी छ । आगामी १० वर्षमा टेष्ट मान्यताको सपना देखेको नेपालका खेलाडीबाट ठूलो इनिङको कुरा छाडौं टोलीले पुरै ५० ओभर खेल्नै मुस्किल देखिन्छ ।

टि२० अन्तर्गत वर्षेनी तीन फ्रेन्चाइज लिगमा ६-६ टोलीले प्रतिस्पर्धा गर्दै आएका छन् । पीएम कपमा ७ प्रदेश र तीन विभागिय टोलीबीच दुई समुहमा विभाजन गर्दै प्रतिस्पर्धा हुने गर्दछ । एमएम कपमा भने तीन विभागिय, ७ प्रदेश र पाहुना टोली मलेसिया-११ र आयोजक इनरुवाले प्रतिस्पर्धा गर्दै आएका छन् ।

एमएम कप फाइनलसम्म आईपुग्दा विभागियसहित सबै टोलीले पुरै ओभर खेल्न निकै संघर्ष गर्नुपर्यो। प्रदेश टोलीलाई एकदिवसिय खेल्नु विशाल पहाड चढेजस्तो देखिन्छ । फाइनलसम्म आइपुग्दा समुह चरण र सेमिफाइनल गरि कुल १४ खेल भएका छन् । १४ खेलमा १ शतक र १३ अर्धशतक प्रहार भए । १३ अर्धशतक मध्य तीन वटा एकै खेलमा मलेसिया-११ ले गण्डकी प्रदेशविरुद्ध बनाएका थिए ।

प्रदेशका कुनै पनि टोलीले दुई सय रनको योगफल कटाउन सकेनन् । पुलिसले कर्णाली प्रदेशविरुद्ध प्रहार गरेको ३ सय ४६ रन नै जारी प्रतियोगिताको उच्च योगफल हो । मलेसिया-११ सुदूरपश्चिमविरुद्ध ४९ रनमा समेटियो । जुन प्रतियोगिताकै सर्वाधिक कम योगफल हो । १४ खेलमा मात्र ६ इनिङमा मात्रै २ सय रन कटेको छ । जसमा विभागिय टोली ५ र मलेसिया-११ को नाममा १ छ ।

विभागिय टोलीले पनि पुरै ५० ओभर खेल्न निकै संघर्ष गरिरहेका छन् । आर्मीले प्रस्तुत गरेको २ सय ८२ रनको लक्ष्य पछ्याएको एपिएफ ३९.३ ओभरमा अल आउट हुँदै १ सय ७३ रन मात्रै बनाउन सक्यो । आयोजक इनरुवाविरुद्ध आर्मी ४३.४ ओभरमा २ सय ४ रनमा अल आउट भयो। पुलिस प्रदेश २ विरुद्ध ४८.१ ओभरमा १ सय ८३ रनमा अल आउट भएको थियो ।

पहिलो खेलमै प्रदेश १ ले प्रस्तुत गरेको १ सय २१ रनको लक्ष्य पछ्याउने क्रममा ५ नम्बर प्रदेश १८ ओभरमा ५२ रनमा समेटियो । एकदिवसिय खेलमा उक्त लक्ष्य निकै झिनो मानिन्छ । सामान्य लक्ष्य पनि पुरा गर्न नसक्ने प्रदेश टोली कुन स्तरमा छन् प्रष्ट हुन्छ । समग्रमा कुनैपनी टोलीले सन्तोषजनक रुपमा पूरा ५० ओभर खेल्न सकेनन् ।

राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडीको बाहुल्याता हुने र वर्षभर नियमित अभ्यास गर्ने विभागीय टोलीले नै पूरा ५० ओभर खेल्न नसक्दा ब्याटिङ स्तरमा हाम्रा खेलाडी कहाँ छन् छर्लङ्ग हुन्छ । फ्रेन्चाइज टोलीमा विदेशी खेलाडीको प्रर्दशन उच्च हुँदा नेपालको कमजोर हुँदै आएको छ । एमएम कपमा रन नै नबनेको पनि होइन । पुलिसले कर्णाली विरुद्ध ३ सय ४६ रन बनाएको थियो । तुलनात्मक रुपमा कर्णाली निकै कमजोर देखिएको थियो ।

त्रिभुवन आर्मीका युवा ब्याट्सम्यान कुशल मल्लले एपिएफविरुद्ध ६३ बलमा १३ छक्का र ५ चौका सहित १ सय ११ रनको शतकीय इनिङ खेले । जुन जारी प्रतियोगिताको एक्लो शतक हो । कुशलले पिचलाई दोष दिन नमिल्ने बताउछन् । ‘पिच एकदम राम्रो छ । जिम्मेवार भएर खेल्न सक्नुपर्छ । पिच ब्याटिङलाई सहयोग गर्ने छ । टि ट्वान्टी शैलीमा खेल्ने बानीले एकदिवसिय खेल्न कठिन परेको हो की जस्तो लाग्छ’, उनले भने ।

प्रदेश नम्बर ३ का कप्तान सुवास खकुरेलले काठमाडौंबाहिर इनरुवाको पिचलाई नराम्रो भन्न नमिल्ने बताउछन् । ‘तीव्र गतिका बलरलाई खेल्न सहज छ । स्पिनलाई बुझ्न गाह्रो नै छ । खेल्न सके ब्याटिङको लागि राम्रो छ,’ प्रदेश १ विरुद्ध ८५ रन बनाएपछि सुबासले भने, ‘एमएम कपमा पुरै ५० ओभर खेल्न नसक्नुमा वर्षभरि टि ट्वान्टी खेल्ने बानीले कठिन परेको हुनसक्छ ।’

विभागिय टोलीले वर्षभर अभ्यास गर्ने गर्दछन् । तर प्रदेशका खेलाडीले प्रतियोगिता सुरु हुनुभन्दा अघि मात्रै । प्रदेशको टोली छनोटमै चलखेल भएको घटना बारम्बार बाहिर आउने गर्दछ । प्रदेशबाट युवा खेलाडी आउदैनन् भने फ्रेन्चाइज टोलीबाट आशा गर्न उत्तिकै मिल्दैन । फ्रेन्चाइज टोलीले उमेर समुह वा सिनियर टोलीमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई मात्र टोलीमा लिने गर्दछन् ।

एकदिवसिय खेलमा जुन ब्याटिङ प्रर्दशन भइरहेको छ यसले नेपालको ओडीआई भविष्य राम्रो देखिदैन । सन् २०२२ सम्म नेपालले मान्यता पाएको छ । सुरुवाती दुई वर्षमा खासै लाभ उठान नसकेको नेपालले अब पनि नसोच्ने हो भने मान्यता कागजमा बढी सिमित हुने निश्चित छ । घरेलु क्रिकेटमा एकदिवसिय प्रतियोगिता निरन्तर गराउनतर्फ ध्यान दिन आवश्यक छ । अन्यथा खराब नतिजापछि एक अर्कालाई दोष दिँदै पछुताउन बाहेक अन्य कुनै विकल्प हुने छैन ।

February 28, 2025

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्सिप ट्रफीको सेमिफाइनलमा

एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]

February 28, 2025

अस्ट्रेलियालाई अफगानिस्तानको मध्यम लक्ष्य

एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल‌ र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा‌ ८५ […]

February 28, 2025

एक्स्ट्राटेक ओभलमा संसदीय समितिको निरीक्षण

सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]

Success

Thank you for your time.