default_image

5 years ago

January 17, 2020

अष्ट्रेलियालाई भारतको विशाल लक्ष्य

99 views

0 Bookmark

एजेन्सी – तीन एक दिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा घरेलु टोली भारतले अष्ट्रेलियालाई ३ सय ४१ रनको विशाल लक्ष्य दिएको छ । राजकोटमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४० रन बनायो ।

स्पिनर एडम जम्पाले १३.३ ओभरमा रोहितलाई ब्यक्तिगत ४२ रनमा एलबीडब्लू आउट गर्नु पहिलो विकेटका लागि शिखर धवन र रोहित शर्माले ८१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिए । रोहितले ४४ बलमा ६ चौका प्रहार गरे ।

दोस्रो विकेटका लागि शिखर धवन र कप्तान विराट कोहलीले १ सय ३ साझेदारी गर्दै इनिङ उकासे । २९ औं ओभरको चौथो बलमा केन रिचड्सनले मिचेल स्टार्कबाट धवनलाई ९६ रनमा क्याच गराउदै शतकिय साझेदारी तोडे।

ओडिआइ करिअरको १८ औं शतक बनाउन ४ रनले चुकेका धवनले ९० बलमा १३ चौका र १ छक्का प्रहार गरे । जम्पाले श्रेयर ऐरलाई ७ रनमा बोल्ड आउट गरे । चौथो विकेटका लागी कोहली र लोकेश राहुलले ७८ रनको साझेदारी गर्दै इनिङ उकासे ।

कोहली पुन जम्पाकै सिकार बन्न पुगे । ४४ औं ओभरको पहिलो बलमा जम्पालाई ठुलो शट खेलेका कोहली लङ अनमा एस्टन अगरले बल मिचेल स्टार्कलाई दिदै बाउन्ड्री बाहिर गएका थिए । कोहलीले ७६ बलमा ६ चौका सहित ७८ रन जोडे ।

मनिष पान्डे २ रनमा आउट भए । पहिलो खेलमा कोहलीलाई जम्पाले १६ रनमा आउट गराएका थिए । तल्लोक्रममा विकेटकिपर लोकेश लाहुलले ५२ बलामा ६ चौका र ३ छक्का सहित ८० रनको उत्कृष्ट इनिङ खेलेपछी भारतले विशाल बनाएको हो ।

राहुल अन्तिम ओभरको चौथो रन आउट हुन पुगे । रविन्द्र जडेजा १६ बलमा १ चौका सहित २० रनमा अविजित रहे । एडम जम्पाले १० ओभरमा ५० रन खर्चेर ३ विकेट लिए । केन रिचड्सनले १० ओभरमा ७३ रन खर्चेर २ विकेट लिए ।

February 28, 2025

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्सिप ट्रफीको सेमिफाइनलमा

एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]

February 28, 2025

अस्ट्रेलियालाई अफगानिस्तानको मध्यम लक्ष्य

एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल‌ र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा‌ ८५ […]

February 28, 2025

एक्स्ट्राटेक ओभलमा संसदीय समितिको निरीक्षण

सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]

Success

Thank you for your time.