5 years ago
January 14, 2020
एजेन्सी – अष्ट्रेलियासँगको पहिलो एकदिवसिय खेलमा घरेलु टोली भारतले लज्जास्पद हार बेहोरेको छ । मंगलबार राती अष्ट्रेलियाले भारतलाई १० विकेटले हराउँदै तीन ओडीआई खेलको सिरिजमा १-० को अग्रता लिएको छ ।
भारतले प्रस्तुत गरेको २ सय ५६ रनको लक्ष्य अष्ट्रेलियाले ३७.४ ओभरमा कुनै विकेट नगुमाई पुरा गर्यो । अष्ट्रेलियाको सानदार जितमा दुवै ओपनर आरोन फिन्च र डेविड वार्नरले उत्कृष्ट शतक प्रहार गरे । वार्नर १ सय १२ बलमा १७ चौका र ३ छक्का सहित१ सय २८ रनमा अविजित रहे ।
३१ ओभरको दोस्रो बलमा वार्नरले जसप्रित बुमराहलाई चौका प्रहार गर्दै ओडीआई करिअरको १८ औं शतक प्रहार गरे । उनले शतक ८८ बलमा पुरा गरेका थिए ।
त्यस्तै कप्तान फिन्च १ सय १४ बलमा १३ चौका र २ छक्का सहित १ सय १० रनमा अविजित रहे । आरोन फिन्चले ३५ औं ओभरको पाँचौ बलमा रविन्द्र जडेजालाई चौका प्रहार गर्दै ओडीआई करिअरको १६ औं शतक पुरा गरेका थिए ।
त्यसअघि मुम्बईको वानखडे रंगशालामा टस हारेर ब्याटिङ थालेको भारत ४९.१ ओभरमा अल आउट हुँदै २ सय ५५ रनमा समेटिएको थियो ।
पाँचौ ओभरको तेस्रो बलमा मिचेल स्टार्कले ओपनर रोहित शर्मालाई डेविड वार्नरवाट १० रनमा क्याच गराए । दोस्रो विकेटका लागि शिखर धवन र लोकेश राहुलले २७.१ ओभर सम्म १ सय २१ रनको साझेदारी गर्दै भारतको इनिङ उकासेका थिए ।
एस्टन अगरले २८ औं ओभरको पहिलो बलमा राहुललाई स्टिभ स्मिथबाट ४७ रनमा क्याच गराउँदै शतकिय साझेदारी तोडे । राहुलले ६१ बलमा ४ चौका प्रहार गरे । २९ औं ओभरको पाचौं बलमा प्याट कमिन्सले शिखर धवनलाई ७४ रनमा अगरबाट क्याच गराउँदै अष्ट्रेलियालाई खेलमा फर्काएका थिए । धवनले ९१ बलमा ९ चौका र १ छक्का प्रहार गरे ।
स्पिनर एडम जम्पाले ३२ औं ओभरको दोस्रो बलमा कप्तान विराट कोहलीलाई १६ रनमा कट एण्ड बोल्ड आउट गरेपछि भारत संकटमा परेको थियो। लगातै ३३ औं ओभरको पाचौं बलमा स्टार्कले श्रेयस ऐरलाई ४ रनमा एलेक्स करिबाट क्याच गराए । केन रिचड्सनले रबिन्द्र जडेजालाइ करिबाट २५ रनमा क्याच आउट गराए । जडेजाले ३२ बलमा २ चौका र १ छक्का प्रहार गरे ।
४४ औं ओभरको दोस्रो बलमा कमिन्सले विकेटकिपर ऋषभ पन्तलाइ २८ रनमा एस्टन टर्नरबाट क्याच गराए । पन्तले ३३ बलमा २ चौका र १ छक्का प्रहार गरे । शार्दुल ठाकुर १३, मोहम्मद शामी १० र कुलदिप यादवले १७ रन बनाए ।
अष्ट्रेलियाका तीब्र गतिका बलर मिचेल स्टार्कले १० ओभरमा ५६ रन खर्चेर ३ विकेट लिए । प्याट कमिन्सले १० ओभरमा १ मेडन सहित ४४ रन खर्चेर २ विकेट लिए । केन रिचड्सन २, एडम जम्पा र एस्टन अगरले १-१ विकेट लिए । दोस्रो वान डे खेल शुक्रबार राजकोटमा हुने छ ।
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]
February 28, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत समूह ‘बी’ को खेलमा आज अष्ट्रेलियाको सामना अफगानिस्तानले गर्दैछ। आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को सेमिफाइनल दौड उत्कर्षमा पुगेको छ। यो समूह चरणको खेललाई क्वाटर फाइनल सरह मान्न सकिन्छ। जसल खेल जित्छ। सो टोली सेमिफाइनलमा पुग्नेछ। हारले अफगानिस्तान प्रतियोगिताबाट बाहिरिनेछ। अष्ट्रेलिया पराजित भए दक्षिण अफ्रिकाले इंग्ल्यान्डविरुद्ध ठुलो अन्तरको हारको आश गर्नुपर्नेछ। […]