default_image

5 years ago

January 14, 2020

जसले एमएम कपको सपना देखे !

117 views

0 Bookmark

भूपेन्द्र जिसी, इनरुवा
घरेलु क्रिकेट लगभग फ्रेन्चाइज लिगले धानेको छ भन्दा फरक पर्दैन । पछिल्लो समय एक दिवसिय क्रिकेट भने विरल हुनेगरेको छ । एक दिवसिय क्रिकेट राष्ट्रको मान्यता पाएको नेपालमा त्यहि फम्र्याटमा कम क्रिकेट हुनु पक्कै सुखद होइन ।

एकदिवसिय प्रतियोगिताको रुपमा प्रधानमन्त्री कप हुँदै आएको छ । राष्ट्रिय क्रिकेटको स्तर बृद्धिका लागि सिमित प्रतियोगिता पर्याप्त हुन सक्दैन । टि ट्वान्टी आयोजना एक दिवसियको तुलनामा केहि सहज देखिन्छ । अर्को क्रिकेट प्रेमीको लगाव पनि टि ट्वान्टीतर्फ बढी हुँदै गएकोले आयोजक पनि त्यसैमा केन्द्रित देखिन्छन् ।

क्रिकेट आयोजना आफैमा सहज छैन । त्यसमाथि एक दिवसिय आयोजना कठिन छ । तुलानात्मक रुपमा साधन श्रोत र प्रायोजकको सम्भावना रहेको काठमाडौंमा त एक दिवसिय आयोजनाका लागि खासै उत्साह पाइन्न ।

राजधानी बाहिर गर्न त्यसै पनि चुनौती छ । तर, ती सबै कठिनाईलाई पछ्याउँदै सुनसरीको इनरुवामा मनमोहन मेमोरिय राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण अहिले जारी छ ।

एमएम कपमा यसपटक ७ प्रदेश, तीन विभागिय टोली, आयोजकको एउटा टोली र आकर्षणका रुपमा मलेसिया ११ को सहभागिता रहेको छ । राष्ट्रिय प्रतियोगितामा विदेशी टोली सहभागी भएको यो पहिलो पटक नै हो । अन्ततः यसले नेपाली क्रिकेट पक्कै फाइदा पुग्नेछ ।

एमएम कप आयोजनाका लागि विप्लव घोषको भूमिका सबैभन्दा मुख्य रहेको छ । घोष एमएम कपका लागि व्यस्त रहेको हप्तौं भइसकेको छ । दिनरात केहि भन्न पाएका छैनन्  । विदेशी टोलीलाई प्रतियोगितामा ल्याउने सिलसिलमा उनी मलेसिया पुगेका थिए । हुन त उनी मलेसिया टोलीको निधो गर्न नभइ अम्पायरहरुको चाजो मिलाउन पुगेका थिए ।

छलफल अघि बढ्दै जादा मलेसियाको सिनियर टोलीनै आउने निधो भएपछि उनी दंग परेर स्वदेश फर्केका थिए । एमएम कप खेलेपछि नेपाली राष्ट्रिय टोलीसँग अभ्यास खेल र केहि सुविधा दिने भएपछि मलेसियन टोली नेपाल आउन राजी भएको थियो ।

आयोजनाको पहिलो वर्षनै सफलता पूर्व सम्पन्न भएकाले घोषलगायतको टोलीको हौसला बढेको थियो । सेमिफाइनल सम्म आइपुग्दा यसपटक पनि आशा गरे अनुरुपकै रहेको घोष बताउँछन् । ‘धेरै खेलाडीले खेल्न पाएका छन् । केहि खेलाडीलाई सिनियर टोलीमा पुनरागमन गर्न सहज देखियो,’ घोषले भने,‘ स्थानिय भएका नाताले हामीले प्रतियोगिता आयोजनामा पनि राम्रो साथ पाएका छौं ।’

काठमाडौं बाहिर राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्न चुनौतीको पहाड रहेको घोषको अनुभव छ । तर, एक दिवसिय क्रिकेट आयोजना नगर्ने हो भने राष्ट्रिय टोलीको स्तरमा सुधार आउन कठिन हुन्छ ।

उनले थपे ‘ओडीआई मान्यता बचाउन र नेपाली क्रिकेटको स्तर विकास गर्ने हो भने एक दिवसिय प्रतियोगिता आयोजनाको विकल्प छैन ।’ घोषले आफैले पनि दशक भन्दा लामो समय जिल्ला स्तरीय क्रिकेट खेलेका थिए । त्यसैले पनि उनको क्रिकेट प्रतिको मोह घटेको छैन ।

‘२०५१ देखि २०६३ जिल्लाबाट पनि खेले । अब खेल्ने उमेर गयो ,’ यस अघि वैशाखमा प्रदेश स्तरिय कप गराएका उनले भने,‘ क्रिकेट छाड्न सक्दिन । ससाना प्रतियोगिता निरन्तर गराई रहे ।’ आफ्नो ठाँउका लागि क्रिकेटमा जस्तो भूमिका पनि उनलाई स्वीकार्य छ ।

प्रधानमन्त्री कप एकदिवसिय प्रतियोगिताको पहिलो र दोस्रो संस्करणमा उनी प्रदेश १ को व्यवस्थापक हुँदै काठमाडौं पुगे । तर, त्यहाँको आयोजनाले उनलाई प्रभावित गर्न सकेन । ‘पिएमकपको कमजोर ब्यवस्थापन देखे पछि एमएम कप गर्ने सोच बनाए ।

‘क्रिकेटमा प्रदेश १ लाई चिनाउने प्रतियोगिता यहि हो’, चुनौतिलाई स्वीकार्नुपर्नेमा जोड दिदै उनी भन्छन्,‘ टि ट्वान्टी जसले पनि गराउँछ । एक दिवसियमा ध्यान दिनुपर्छ । पिएम कपमा जादा मेरो आँखा खुल्यो ।’

एमएम कपमार्फत इनरुवाले भिन्न पहिचान बनाउने उनको विश्वास छ । मुख्य जिम्मेवारीमा घोष रहेपनि एमएम कप आयोजनाका लागि सबैको साथ रहेको उनी सुनाउँछन् । इनवरुवा नगर पालिका प्रमुख राजन मेहेता र पूर्व मन्त्री भिम प्रसाद ओली र स्थानियहरुबाट राम्रो साथ पाएकै कारण प्रतियोगिता आयोजना सम्भव भएको उनले बताए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अर्को एमएम कपलाई रातो किताबमा राख्ने आश्वासन दिएकाले पनि घोष उत्साहित छन् । नेपाल क्रिकेट संघ (क्यान) ले भने अहिले सम्म कुनै सहयोग गरेको  छैन । त्यसका वावजुद पनि एमएम कपलाई अझ बृहत बनाउने उनको सोच छ । घोषले भने, ‘एक दिन सबै खेलाडीले एमएम कप खेल्ने सोच राखुन् तब मात्र हाम्रो आयोजना सफल हुनेछ ।’

एमएम कपमा १ करोड रुपैयाँ भन्दा बढी खर्च छ । प्रायोजनको रुपमा सानिमा बैंकले साथ दिएको छ । तर, सानिमा बैंकको प्रायोजन रकमले मलेसिया ११ को खर्च जुटाउन पनि गाह्रो पर्ने उनले बताए । एमएम कप फागुनमा गर्ने योजना थियो । तर, नेपाली टोलीको व्यस्त तालिकाका कारण हतारमा एमएम कप आयोजना गर्नुपरेको घोषले सुनाए ।

‘समय अभावका कारण हामी सोचे भन्दा निकै अघि प्रतियोगिता गराउने अवस्थामा पुग्यौं । जसले गर्दा प्रायोजक खोज्न गाह्रो भयो । अर्को समस्या राजधानीले हामीलाई पत्याउँदैन, उनले भने,‘ इनरुवा बजार सानो छ । यहाँ ठूलो आशा गर्न मिल्दैन । पैसा विना आयोजना सम्भव छैन । काठमाडौं बाहिर प्रायोजक पाउन मुस्किल छ । राखेप र क्यानबाट पनि सहयोग छैन । यस्तोमा प्रतियोगिता गर्न कठिन छ।’

अर्कोतर्फ अहिले एमएम कप जारी इनरुवा मैदान फुटबललाई दिने कि क्रिकेटलाई भन्ने विवाद पनि चलिरहेको छ । क्रिकेटका लागि पिच र अन्य पूर्वाधार बनिसकेकोले घोष नगरपालिकाले क्रिकेटलाई नै दिने आशा राख्छन् ।

February 28, 2025

अस्ट्रेलियालाई अफगानिस्तानको मध्यम लक्ष्य

एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल‌ र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा‌ ८५ […]

February 28, 2025

एक्स्ट्राटेक ओभलमा संसदीय समितिको निरीक्षण

सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]

February 28, 2025

सेमिफाइनल प्रवेशका लागि अफगानिस्तान र अष्ट्रेलिया भिड्दै

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत समूह ‘बी’ को खेलमा आज अष्ट्रेलियाको सामना अफगानिस्तानले गर्दैछ। आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को सेमिफाइनल दौड उत्कर्षमा पुगेको छ। यो समूह चरणको खेललाई क्वाटर फाइनल सरह मान्न सकिन्छ। जसल खेल जित्छ। सो टोली सेमिफाइनलमा पुग्नेछ। हारले अफगानिस्तान प्रतियोगिताबाट बाहिरिनेछ। अष्ट्रेलिया पराजित भए दक्षिण अफ्रिकाले इंग्ल्यान्डविरुद्ध ठुलो अन्तरको हारको आश गर्नुपर्नेछ। […]

Success

Thank you for your time.