5 years ago
January 13, 2020
सुसनरी (हाम्रो खेलकुद) – सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत समुह ‘डी’ को अन्तिम खेलमा गण्डकी प्रदेश मलेसिया-११ सँग १ सय ९२ रनको लज्जास्पद हार बेहोरेको छ ।
२ सय ९९ रनको विशाल लक्ष्य पछ्याएको गण्डकी प्रदेश २७.२ ओभरमा अल आउट हुँदै १ सय ६ रनमा समेटियो । गण्डकीका बिपिन खत्रीले ३७ बलमा २ चौका र ३ छक्का सहित सर्वाधिक ४२ रनको योगदान दिए । मलेसियाको घातक स्पिन बलिङ सामु गण्डकीका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
प्रबिन ढकाल ३२ बलमा ३ चौका र १ छक्का सहित १९ रनमा अविजित रहे । सुरुवात देखीनै खराब प्रर्दशन गरेकोे गण्डकीका ओपनर दीपेश खत्री ९, गोविन्द प्रधान १, रमेश बस्नेत र विधान श्रेष्ठ १० रनमा आउट भए ।
किशोर महतो ५, मुस्कान थापा १, दीपेश श्रेष्ठ ७ र सुबास भण्डारी शून्यमा आउट भए । मलसिया ११ का युवा स्पिनर सुहरिल फित्रीले ७.२ ओभरमा २ मेडन सहित २९ रन खर्चेर ४ विकेट लिए । अर्का स्पिनर अनवार रहमानले ९ ओभरमा ३ मेडन सहित २६ रन खर्चेर ३ विकेट लिए ।
युवा स्पिनर बिजय उन्नीले ५ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । त्यसअघि इनरुवा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको मलेसिया-११ ले निर्धारित ४७ ओभरमा ८ विकेट गुमाउँदै २ सय ९८ रन बनाएको थियो ।
मलेसिया-११ का ओपनर तथा विकेटकिपर ऐनुल हकिमले सर्वाधिक ८९ रन जोडे । ३९ औं ओभरको तेस्रो बलमा स्पिनर बिपिन खत्रीले बोल्ड आउट गर्नुअघि उनले १ सय ११ बलमा ११ चौका प्रहार गरे । पहिलो विकेटका लागि ऐनुल हकिम र भुषण सेभले ११.३ ओभरमा ७८ रनको साझेदारी गरेका थिए ।
बिपिन खत्रीले एलबी डब्लू आउट गर्नुअघि सेभले ३४ बलमा ८ चौका र १ छक्का सहित ५० रन जोडे । २८ औं ओभरको पहिलो बलमा मलेसियाका कप्तान अहमद फैजलाई गण्डकीका कप्तान गोविन्द प्रधानले ३१ रनमा कट एण्ड बोल्ड आउट गरे । अहमदले ५२ बलमा ३ चौका प्रहार गरे ।
चन्द्रकान्त पौडेलले सैद अजिजलाई ६ रनमा क्याच आउट गराए । ४४ औं ओभरको पहिलो बलमा चन्द्रकान्तले मोहम्मद आरिफलाई २० रनमा एलबी डब्लू आउट गरे ।मलेसियाका युवा अलराउन्डर बिरनदीप सिंहले तल्लोक्रममा ५० रन जोड्दै बलियो योगफलमा पुर्याए ।
बिपिन खत्रीले ४५ औं ओभरको दोस्रो बलमा बोल्ड आउट गर्नुअघि बिरनदीप सिंहले ४५ बलमा ३ चौका र २ छक्का प्रहार गरे । मोहम्मद हफिज १५ र नार्जिल रहमानले १३ रनको योगदान दिए । गण्डकी प्रदेशका स्पिनर बिपिन खत्रीले १० ओभरमा ५१ रन खर्चेर ३ विकेट लिए ।
चन्द्रकान्त पौडेलले ७ ओभरमा ५६ रन खर्चेर २ विकेट लिए । गोविन्द्र प्रधानले १ विकेट लिए । गण्डकी र मलेसिया दुबै यस अघिनै बाहिरिएका थिए । सुदूरपश्चिम प्रदेशले मलेसिया-११ लाई ८ विकेट र गण्डकीलाई ९ विकेट हराउँदै सेमिफाइनलमा पुगि सकेको छ ।
पहिलो सेमिफाइनलमा माघ १ मा समुह ‘ए’ को विजेता त्रिभुवन आर्मी र समुह ‘सी’ को विजेता प्रदेश नम्बर ३ भिड्ने छन् । माघ २ मा सुदूरपश्चिमले समुह ‘बी’ को विजेता नेपाल पुलिस क्लब सँग दोस्रो सेमिफाइन खेल्ने छ । फाइनल माघ ४ मा हुने छ ।
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]
February 28, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत समूह ‘बी’ को खेलमा आज अष्ट्रेलियाको सामना अफगानिस्तानले गर्दैछ। आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को सेमिफाइनल दौड उत्कर्षमा पुगेको छ। यो समूह चरणको खेललाई क्वाटर फाइनल सरह मान्न सकिन्छ। जसल खेल जित्छ। सो टोली सेमिफाइनलमा पुग्नेछ। हारले अफगानिस्तान प्रतियोगिताबाट बाहिरिनेछ। अष्ट्रेलिया पराजित भए दक्षिण अफ्रिकाले इंग्ल्यान्डविरुद्ध ठुलो अन्तरको हारको आश गर्नुपर्नेछ। […]