5 years ago
January 11, 2020
सुनसरी(हाम्रो खेलकुद) – सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा मलेसिया-११ लाई सुदूरपश्चिम प्रदेशले ८ विकेटले हराएको छ ।
मलेसिया-११ ले प्रस्तुत गरेको ५० रनको सामान्य लक्ष्य सुदूरपश्चिमले ७.२ ओभरमा २ विकेट गुमाउँदै पुरा गरेको हो । सुदूरपश्चिमका ओपनर खडक बोहरा १७ बलमा ३ चौका सहित १५ रनमा अविजित रहे ।
सातौं ओभरको पहिलो बलमा अनवार रहमानले अरुण ऐरीलाई कट एण्ड बोल्ड आउट गर्नु अघि ३ बलमा १ चौका सहित ६ रन मा आउट भए । चौथो ओभरको अन्तिम बलमा धिवेन्द्रन मोगनले ओपनर गजेन्द्र बोहरालाई ११ रनमा बोल्ड आउट गरे । गजेन्द्रले १८ बलमा २ चौका प्रहार गरे । विकेटकिपर लोकेश बम ७ बलमा ३ चौका सहित १५ रनमा अविजित रहे ।
त्यस अघि इनरुवा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मलेसिया-११ ले २२ ओभरमा अल आउट हुँदै ४९ रनमा समेटिएको थियो । सुदूरपश्चिमा दुई स्पिनर शेर मल्ल र विनोद लामाको घातक बलिङ सामु मलेसिया-११ का १० खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् ।
मलेसिया-११ युवा ब्याट्सम्यान विरनदीप सिंहले ६९ बलमा ३ चौका सहित सर्वाधिक २२ रनको योगदान दिए ।
पहिलो ओभरको चौथो बलमै स्पिनर विनोद लामाले मलेसिया-११ का भूषण सेभलाइ ४ रनमा बोल्ड आउट गरे । दोस्रो ओभरको पहिलो बलमै अर्का स्पिनर शेर मल्लले कप्तान मोहम्मद नुरलाई १ एक रनमा कट एण्ड बोल्ड आउट गर्दै पेभिलिएन फर्काए ।
विनोदले सातौं ओभर पहिलो बलमा मलेसियाका सर्बियन मुनियनलाइ २ रनमा एलबी डब्लु आउट गरेपछि मलेसिया १०-३ को अवस्थामा पुगेको थियो। ८ औं ओभरको तेस्रो बलमा शेर मल्लले तेस्रो बलमा हकिम र पाँचौ बलमा सैद अजिजलाई शून्यमा पेभिलिएन फर्काएपछि मलेसिया संकटमा परेको थियो ।
विनोद लामाले नवौं ओभरको तेस्रो बलमा मोहम्मद आरिफलाई शून्यमा कट एण्ड बोल्ड आउट गरे । शेरले नाजिर रहमान १ र धिवेन्द्रन मोगनलाइ ५ रनमा आउट गरे । अनवार रहमन ३ रनमा आउट भए ।
युवा स्पिनर शेर मल्लले १० ओभरमा ३ मेडन सहित ११ रन खर्चेर ५ विकेट लिए । विनोद लामाले ९ओभरमा ३ मेडन सहित २१ रन खर्चेर ४ विकेट लिए । बिक्रम ठगुन्नाले १ विकेट लिए ।
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]
February 28, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत समूह ‘बी’ को खेलमा आज अष्ट्रेलियाको सामना अफगानिस्तानले गर्दैछ। आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को सेमिफाइनल दौड उत्कर्षमा पुगेको छ। यो समूह चरणको खेललाई क्वाटर फाइनल सरह मान्न सकिन्छ। जसल खेल जित्छ। सो टोली सेमिफाइनलमा पुग्नेछ। हारले अफगानिस्तान प्रतियोगिताबाट बाहिरिनेछ। अष्ट्रेलिया पराजित भए दक्षिण अफ्रिकाले इंग्ल्यान्डविरुद्ध ठुलो अन्तरको हारको आश गर्नुपर्नेछ। […]