default_image

5 years ago

January 10, 2020

इपिएलमा सोमपाल र दीपेन्द्रको टोली परिवर्तन

189 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सिनियर टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) काठमाडौं किंग्स इलाभेनबाट खेल्ने भएका छन् । तीब्र गतिका बलर सोमपाल कामी चितवन टाइगर्समा पुगेका छन् ।

पुष १७ देखी २४ सम्म खुल्ला भएको खेलाडी ट्रेडमा तीन टोलीले साटफेर गरेका छन् । जस अनुसार काठमाडौं किंग्सले कप्तान सोमपाल कामीलाई चितवन राइनोज पठाउँदै चितवन टाइगर्सका दीपेन्द्र सिंह ऐरीलाई टोलीमा भित्र्याएको छ । दीपेन्द्रले गत वर्ष चितवन टाइगर्सबाट ६ खेलमा २ सय ३१ रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडीमा दोस्रो स्थानमा रहेका थिए ।

काठमाडौंले नरेश बुढाएरको स्थानमा ओपनर तथा विकेटकीपर सुबास खकुरेललाई टोलीमा भित्र्याएको छ । काठमाडौंले स्पिनर सुशिल कंडेलको स्थानमा यू१९ का तीब्र गतिका बलर आकाश चन्दलाई टोलीमा भित्र्याएको छ । आकाशले तल्लोक्रममा ब्याटिङ गर्ने गर्दछन् ।

शक्ति गौचनको स्थानमा पोखरा राइनोजले युवा ब्याट्सम्यान लोकेश बमलाई टोलीमा लिएको छ । लोकेशले दुई साता अघि पोखरा प्रिमियर लिगमा विराटनगर टाइटन्सबाट खेल्दै उत्कृष्ट प्रर्दशन गरेका थिए । विराटनगर टाइटन्सबाट लोकेशले चितवन राइनोजविरुद्ध ४ खेलमा ९७ रन बनाएका थिए । उनले लिग चरणमा चितवनसँग ३६ बलमा ५ चौका र ५ छक्का सहित ६२ रन जोड्दै सबैको मन जितेका थिए । शक्तिले गत वर्षको इपिएल देखी घरेलु क्रिकेटबाट सन्न्यास लिएका थिए ।

February 28, 2025

एक्स्ट्राटेक ओभलमा संसदीय समितिको निरीक्षण

सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]

February 28, 2025

सेमिफाइनल प्रवेशका लागि अफगानिस्तान र अष्ट्रेलिया भिड्दै

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत समूह ‘बी’ को खेलमा आज अष्ट्रेलियाको सामना अफगानिस्तानले गर्दैछ। आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को सेमिफाइनल दौड उत्कर्षमा पुगेको छ। यो समूह चरणको खेललाई क्वाटर फाइनल सरह मान्न सकिन्छ। जसल खेल जित्छ। सो टोली सेमिफाइनलमा पुग्नेछ। हारले अफगानिस्तान प्रतियोगिताबाट बाहिरिनेछ। अष्ट्रेलिया पराजित भए दक्षिण अफ्रिकाले इंग्ल्यान्डविरुद्ध ठुलो अन्तरको हारको आश गर्नुपर्नेछ। […]

February 27, 2025

सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौंको जित

काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]

Success

Thank you for your time.