5 years ago
January 10, 2020
सुनसरी (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार प्रदेश नम्बर २ लाई ४६ रनले पराजित गर्दै पुलिस समुह बी बाट विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
१ सय ८४ रनको विजयी लक्ष्य पछ्याएको २ नम्बर प्रदेश ४२.२ ओभरमा अल आउट हुँदै १ सय ३७ रनमा समेटियो । प्रदेश २ का लागि युवा खेलाडी विशाल शुश्लिङ ८० रनको उत्कृष्ट इनिङ खेलेपनि एक्लो प्रयासले टोलीको हार टार्न सकेनन् ।
४३ औं ओभरको तेस्रो बलमा पवन सरार्फलाई ठूलो सट प्रहार गरेका विशाल बाउन्डी लाइन नजिकै ललित भण्डारीबाट क्याच आउट हुनुअघि १ सय १२ बलमा ८ चौका र ५ छक्का प्रहार गरेपनि टोलीको हार टार्न सकेनन् ।
अन्तिम विकेटका लागि कुमार थापा र विशालले ६१ रनको साझेदारी गर्दै खेललाई रोमान्चक बनाएका थिए । कुमार थापा ७ रनमा अविजित रहे । पहिलो ओभरको चौथो बलमा ललित भण्डारीले ओपनर सुधीर चौधरीलाई कट एण्ड बोल्ट आउट गर्दै ४ रनमा पेथिलियन फर्काए ।
आठौं ओभरको अन्तिम बलमा दीपेन्द्र सिंह ऐरिले हसिम अन्सारीलाई १० रनमा एलबी डब्लु आउट गरे । सुरज पटेल १ र तृत राज दास शुन्यमा आउट भए । १६ औं ओभरको चौथो बलमा हरि शकर शाहलाई १८ रनमा क्याच आउट गराएपछि प्रदेश २ को जित टाढिएको थियो ।
कप्तान महबुब आलम र विवेक यादवले खातै खोल्न सकेनन् । राहुल प्रताप सिंह १ र आदिल अन्सारी शून्यमा आउट भए । पुलिसका लागि तीब्र गतिका बलर ललित भण्डारीले ६ ओभरमा ६१ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले ७ ओभरमा २ मेडन सहित २० रन खर्चेर ३ विकेट लिए । पवन सरार्फ २, सागर ढकाल र ललित नारायण राजवंशीले १-१ विकेट लिए ।
त्यसअघि पुलिस ४८.१ ओभरमा १ सय ८३ रनमा अल आउट भएको थियो । पुलिसका दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५० रनको योगदान दिए । ४१ औं ओभरको दोस्रो बलमा राहुल प्रताप सिंहले कुमार थापाबाट क्याच आउट गराउनु अघि दीपेन्द्रले ६४ बलमा ५ चौका २ छक्का प्रहार गरे ।
त्यसअघि दीपेन्द्रले खाता नखोल्दै हरि शंकर शाहले मिड अफमा सहज क्याच छाडेपछि जीवनदाएका थिए । १३ औं ओभरको पहिले बलमा ओपनर सुनिल धमला ७ रनमा रन आउट भए । १७ औं ओभरको तेस्रो बलमा युवा तीब्र गतिका वलर विवेक यादवले अमितलाई ३६ रनमा बोल्ड आउट गरे । अमितले ६५ बलमा ५ चौका प्रहार गरे ।
२४ औं ओभरको पहिलो बलमै स्पिनर कुमार थापाले अनिल कुमार शाहलाई तृतदासबाट १९ रनमा क्याच गराए । खराब सट खेल्दै आउट हुनु अघि अनिलले १९ बलमा ३ चौका प्रहार गरे । कुमारले २६ ओभरको दोस्रो बलमा पवन सरार्फलाई ३ रनमा बोल्ड आउट गरे । लगत्तै तेस्रो बलमा कुशल भुर्तेललाई कुमारले एलवी डब्लु आउट गराए ।
कुमारले ३० औं ओभरको पाँचौ बलमा मिड अनमा रहेका हसिम अन्सारीबाट कप्तान मञ्जित श्रेष्ठलाई ४ रनमा क्याच गरापछि पुलिस संकटमा परेको थियो । कुमारले राशिद खानलाई आदिल अन्सारीबाट १६ रनमा क्याच आउट गराए । राशिदले ३६ बलमा १ चौका प्रहार गरे ।
प्रदेश नम्बर २ का स्पिनर कुमार थापाले १० ओभरमा ३ मेडन सहित ३२ रन खर्चिदै ५ विकेट लिएपनि ब्याटिङ चल्न नसक्दा टोलीको हार टार्न सकेनन् । राहुल प्रताप सिंह र विवेक यादवले २/२ विकेट लिए । पहिलो खेलमा पुलिसले कर्णाली प्रदेशलाई २ सय ६७ रनले हराएको थियो ।
दोस्रो खेलमा प्रदेश २ ले कर्णालीलाई ८ विकेटले हराएको थियो । समुह ए बाट आर्मी र समुह सी बाट प्रदेश नम्बर ३ सेमिफाइनलमा प्रवेश गरि सकेका छन् । अव समुह डीको खेल हुन बाँकी छ । समुह डी मा मलेसिया ११, सुदूरपश्चिम प्रदेश र गण्डकी छन् । पहिलो सेमिफाइनलमा प्रदेश ३ र आर्मी तथा दोस्रोमा पुलिस र समुह ‘डी’ को विजेता भिड्ने छन् ।
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]
February 28, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत समूह ‘बी’ को खेलमा आज अष्ट्रेलियाको सामना अफगानिस्तानले गर्दैछ। आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को सेमिफाइनल दौड उत्कर्षमा पुगेको छ। यो समूह चरणको खेललाई क्वाटर फाइनल सरह मान्न सकिन्छ। जसल खेल जित्छ। सो टोली सेमिफाइनलमा पुग्नेछ। हारले अफगानिस्तान प्रतियोगिताबाट बाहिरिनेछ। अष्ट्रेलिया पराजित भए दक्षिण अफ्रिकाले इंग्ल्यान्डविरुद्ध ठुलो अन्तरको हारको आश गर्नुपर्नेछ। […]
February 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]