default_image

5 years ago

January 10, 2020

मेलबर्न डर्बीमा सन्दीपलाई २ महत्वपूर्ण विकेट

88 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा मेलबर्न रेनेगेड्सले मेलबर्न स्टार्सलाई १ सय ६९ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको मेलबर्न रेनेगेड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६८ रन बनायो ।

रेनेगेड्सका शन मार्शले सर्वाधिक ६३ रनको योगदान दिए । सन्दीप लामिछानेले १४ औं ओभरको तेस्रो बलमा कट एण्ड बोल्ड आउट गर्नुअघि मार्शले ४३ बलमा ७ चौका र २ छक्का प्रहार गरे । मार्कस हरिस ३२ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४२ रनमा रन आउट भए ।

पहिलो विकेटका लागि मार्श र  हरिसले १०.३ ओभरमा ८६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । बेयू वेबस्टर २५, डानियल क्रिस्टियन १२ र टम कपुर १५ रनमा आउट भए । सन्दीप लामिछानेले ४ ओभरमा ३९ रन खर्चिदै २ विकेट लिए । नाथन कुल्टर नाइलले २ र हरिस रउफले १ विकेट लिए ।

सन्दीपको ४ ओभर

नवौं ओभरको पहिलो बलमै सन्दीपलाई शन मार्शले छक्का प्रहार गरे । दोस्रो बलमा शन मार्श र तेस्रो बलमा मार्कस हरिसले १-१ रन लिए । चौथो डट र पाँचौमा २ रन दिए । अन्तिम बलमा १ रन खर्चिए । १२ औं ओभरको पहिलो र दोस्रो बलमा १-१ रन खर्चिए ।

सन्दीपले तेस्रो बल डट राखे । चौथो बलमा सन्दीपलाई शन मार्शले छक्का प्रहार गरे । पाँचौ बल डट राखेका सन्दीपले अन्तिम बलमा चौका खर्चिए । १४ औं ओभरको पहिलो बल डट राखेका सन्दीपले दोस्रो बलमा शन मार्शलाई २ रन दिए ।

तेस्रो बलमा सन्दीपले आफैं क्याच लिदै मार्शलाई ६३ रनमा पेभिलिएन फर्काए । सन्दीपले चौथो र पाँचौ बल डानियल क्रिस्टियनलाई डट राखे । अन्तिम बल वाइडका रुपमा चौका दिए । बेयू वेबस्टरले अन्तिम बलमा सन्दीपलाई चौका प्रहार गरे ।

१७ औं ओभरको पहिलो बलमै सन्दीपले वेबस्टरलाई सेब गोचबाट क्याच गराए । दोस्रो बलमा सन्दीपले क्रिस्टियनलाई एक र तेस्रो बलमा टम कपुरलाई डट राखे । चौथो बलमा टम कपुरले चौका प्रहार गरे । सन्दीपले पाँचौ बल डट राख्दा अन्तिम बमा एक रन दिए ।

February 28, 2025

एक्स्ट्राटेक ओभलमा संसदीय समितिको निरीक्षण

सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]

February 28, 2025

सेमिफाइनल प्रवेशका लागि अफगानिस्तान र अष्ट्रेलिया भिड्दै

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत समूह ‘बी’ को खेलमा आज अष्ट्रेलियाको सामना अफगानिस्तानले गर्दैछ। आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को सेमिफाइनल दौड उत्कर्षमा पुगेको छ। यो समूह चरणको खेललाई क्वाटर फाइनल सरह मान्न सकिन्छ। जसल खेल जित्छ। सो टोली सेमिफाइनलमा पुग्नेछ। हारले अफगानिस्तान प्रतियोगिताबाट बाहिरिनेछ। अष्ट्रेलिया पराजित भए दक्षिण अफ्रिकाले इंग्ल्यान्डविरुद्ध ठुलो अन्तरको हारको आश गर्नुपर्नेछ। […]

February 27, 2025

सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौंको जित

काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]

Success

Thank you for your time.