default_image

5 years ago

January 10, 2020

कुमारको घातक बलिङसामु पुलिसको मध्यम योगफल

83 views

0 Bookmark

सुनसरी (हाम्रो खेलकुद) – लेग स्पिनर कुमार थापाको उत्कृष्ट बलिङमा सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत समुह बी को अन्तिम खेलमा नेपाल पुलिस क्लबले प्रदेश नम्बर २ लाई १ सय ८४ रनको लक्ष्य दिएको छ ।

इनरुवा क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पुलिस ४८.१ ओभरमा अल आउट हुँदै १ सय ८३ रनमा समेटियो । लेग स्पिनर कुमार थापाले पुलिसको मध्यक्रम र तल्लोक्रम ध्वस्त बनाएपछि प्रदेश २ ले सेमिफाइनलमा स्थान बनाउन मध्यम लक्ष्य पाएको हो ।

पुलिसका सिनयिर टोलीका उप कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५० रनको योगदान दिए । ४१ औं ओभरको दोस्रो बलमा राहुल प्रताप सिंहले कुमार थापाबाट क्याच आउट गराउनु अघि दीपेन्द्रले ६४ बलमा ५ चौका २ छक्का प्रहार गरे । त्यसअघि दीपेन्द्रले खाता नखोल्दै हरि शंकर शाहले मिड अफमा सहज क्याच छाडेपछि जीवनदाएका थिए ।

१३ औं ओभरको पहिले बलमा ओपनर सुनिल धमला ७ रनमा रन आउट भए । २९ बलको सामना गरेका धमलालाई तृत दासले रन आउट गराए । पहिलो विकेटको लागि धमला र अमित श्रेष्ठले ३६ रनको साझेदारी गरेका थिए । १७ औं ओभरको तेस्रो बलमा युवा तीब्र गतिका वलर विवेक यादवले अमितलाई ३६ रनमा बोल्ड आउट गरे । अमितले ६५ बलमा ५ चौका प्रहार गरे ।

२४ औं ओभरको पहिलो बलमै स्पिनर कुमार थापाले अनिल कुमार शाहलाई तृतदासबाट १९ रनमा क्याच गराए । खराब सट खेल्दै आउट हुनु अघि अनिलले १९ बलमा ३ चौका प्रहार गरे । कुमारले २६ ओभरको दोस्रो बलमा पवन सरार्फलाई ३ रनमा बोल्ड आउट गरे । लगत्तै तेस्रो बलमा कुशल भुर्तेललाई कुमारले एलवी डब्लु आउट गरेपछि पुलिस दबाबमा परेको थियो ।

कुमारले ३० औं ओभरको पाँचौ बलमा मिड अनमा रहेका हसिम अन्सारीबाट कप्तान मञ्जित श्रेष्ठलाई ४ रनमा क्याच गरापछि पुलिस संकटमा परेको थियो । कुमारले राशिद खानलाई आदिल अन्सारीबाट १६ रनमा क्याच आउट गराए । राशिदले ३६ बलमा १ चौका प्रहार गरे ।

प्रदेश नम्बर २ का स्पिनर कुमार थापाले १० ओभरमा ३ मेडन सहित ३२ रन खर्चिदै ५ विकेट लिए । राहुल प्रताप सिंह र विवेक यादवको नाममा २-२ विकेट रह्यो ।

February 28, 2025

एक्स्ट्राटेक ओभलमा संसदीय समितिको निरीक्षण

सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]

February 28, 2025

सेमिफाइनल प्रवेशका लागि अफगानिस्तान र अष्ट्रेलिया भिड्दै

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत समूह ‘बी’ को खेलमा आज अष्ट्रेलियाको सामना अफगानिस्तानले गर्दैछ। आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को सेमिफाइनल दौड उत्कर्षमा पुगेको छ। यो समूह चरणको खेललाई क्वाटर फाइनल सरह मान्न सकिन्छ। जसल खेल जित्छ। सो टोली सेमिफाइनलमा पुग्नेछ। हारले अफगानिस्तान प्रतियोगिताबाट बाहिरिनेछ। अष्ट्रेलिया पराजित भए दक्षिण अफ्रिकाले इंग्ल्यान्डविरुद्ध ठुलो अन्तरको हारको आश गर्नुपर्नेछ। […]

February 27, 2025

सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौंको जित

काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]

Success

Thank you for your time.