5 years ago
January 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन मलेसिया-११ नेपाल आई पुगेको छ । मलेसिया-११ बिहीबार दिउँसो नेपाल आईपुगेको हो ।
मलेसिया-११ लाई मनमोहन मेमोरियल क्रिकेट सेन्टरका प्रमुख ठाकुर गैरेले स्वागत गरेका थिए । मलेसिया-११ ग्रुप डी मा छ । मलेसिया-११ टोलीमा सुदुरपश्चिम र गण्डकी प्रदेश छन् । मलेसिया ११ ले पुष २६ मा सुदूरपश्चिम र पुष २८ मा गण्डकीसँग खेल्ने छ । समुह विजेता सेमिफाइनलमा पुग्ने छ ।
मलेसिया-११ ले माघ ५ देखी १० सम्म पोखरा रंगशालामा माघ २२ देखि २९ सम्म कीर्तिपुर क्रिकेट मैदानमा हुने ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजको लागि पोखरा बन्द प्रशिक्षणमा रहेका २४ खेलाडी सम्मिलित क्यान ११ सँग तीन एकदिवसिय अभ्यास खेल्ने कार्यतालिका छ ।
मलेसिया कप्तान तथा भरपर्दा ब्याट्सम्यान अहमद फैज मोहम्मद नुरले मलेसिया-११ को कप्तानी गर्ने छन् । गत जुलाईमा नेपालसँगको पहिलो टि ट्वान्टी आई खेलमा ५७ रन प्रहार गर्ने विरनदीप सिंह मलेसिया-११ छन् ।
गत जुलाईमा दुई टि ट्वान्टी सिरिजमा नेपालविरुद्ध खेलेका ६ खेलाडी मलेसिया ११ मा छन् । विरनदीपसँगै, पवनदीप सिंह, सैद अजिज, कप्तान मोहम्मद नुर, शार्विन मुनियन र मोहम्मद अनवारले नेपालविरुद्धको दुई टि ट्वान्टी सिरिज खेलेका थिए ।मलेसिया-११ शुक्रबार बिहान इनरुवा आईपुग्ने छ ।
मलेसिया-११ टोली : अहमद फैज मोहम्मद नुर (कप्तान), विरनदीप सिंह, भुषण विलास, शार्विन मुनियन, सैयद अजीज, मोहम्मद आरिफ जमालुद्दीन, सुहरिल बुत बिन शुएब, मोहम्मद नाज़िल रहमान, पवनदीप सिंह, मुहम्मद अनवर रहमान, आइनूल हकीम, विजय उन्नी, धिवेन्द्रन मोगन र मुहम्मद हाफिज खैर ।
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]
February 28, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत समूह ‘बी’ को खेलमा आज अष्ट्रेलियाको सामना अफगानिस्तानले गर्दैछ। आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को सेमिफाइनल दौड उत्कर्षमा पुगेको छ। यो समूह चरणको खेललाई क्वाटर फाइनल सरह मान्न सकिन्छ। जसल खेल जित्छ। सो टोली सेमिफाइनलमा पुग्नेछ। हारले अफगानिस्तान प्रतियोगिताबाट बाहिरिनेछ। अष्ट्रेलिया पराजित भए दक्षिण अफ्रिकाले इंग्ल्यान्डविरुद्ध ठुलो अन्तरको हारको आश गर्नुपर्नेछ। […]
February 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]