default_image

5 years ago

January 8, 2020

कप्तान म्याक्सवेलको उत्कृष्ट ब्याटिङमा मेलबर्नको सहज जित

126 views

0 Bookmark

एजेन्सी – कप्तान ग्लेन म्याक्सवेलको आक्रामक अर्ध शतक र पाकिस्तानका तीब्र गतिका बलर हरिस रउफको ह्याट्रिकमा मेलबर्न स्टार्सले सिड्नी थन्डरलाई ६ विकेटले हराएको छ । सिड्नीले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्य मेलबर्न स्टार्सले १७.५ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो ।

मेलबर्नको जितमा कप्तान ग्लेन म्याक्सवेलले ३७ बलमा ८ चौका र १ छक्का सहित ५९ रनमा अविजित रहे । ओपनर मार्कस स्टोइनिसले ४४ बलमा ४ चौका र १ छक्का सहित ५० रनमा क्याच आउट भए ।

स्टोइनिसलाई १४ औं ओभरको चौथो बलमा जोनथन कुकले क्रिस मोरिसबाट क्याच आउट गराए । नाथन कुल्टर नाइल ११, निक लर्किन ६ र निक मडिनसन १३ रनमा आउट भए । सिड्नीका डानियल स्याम्स, जोनथन कुक र अर्जुन नायरले १(१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको सिड्नीले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो । विकेटकिपर म्याथ्यु गिल्क्सले ३५ बलमा १ चौका र २ छक्का सहित ४१ रनको योगदान दिए । कलुम फग्र्यसनले २७ बलमा ३ चौका र १ छक्का सहित ३५ रनको गोगदान दिए । तेस्रो विकेटका लागि फर्ग्यूसन र म्याथ्यु गिल्क्सले ८३ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।

ओपनर उस्मान खवाजा ३३ र एलेक्स हक्सले २६ रनमा आउट भए । पाकिस्तानका तीब्र गतिका बलर हरिस रउफले अन्तिम ओभरको दोस्रो बलमा गिल्क्स, तेस्रोमा फर्ग्यूसन र चौथोमा डानिय स्याम्सलाई आउट गर्दै ह्यार्टिक लिए । हरिस रउफले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा ३९ रन खर्चिदा कुनै विकेट लिन सकेनन् ।एडम जम्पा र नाथन कुल्टर नाइलको नाममा १-१ विकेट रह्यो ।

सातौं ओभरको पहिलो बलमा सन्दीपले उस्मान खवाजा र दोस्रो बलमा एलेक्स हल्सलाई १-१ रन दिए । एलेक्सले तेस्रो बलमा चौका प्रहार गर्दा चौथोमा बलमा दुइ रन लिए । पाँचौ डट र अन्तिम बलमा एक रन दिए ।११ औं ओभरमा सन्दीपले २ रन मात्रै खर्चिए ।

सन्दीपले १४ औं ओभरमा १० रन खर्चिए । गिल्क्सलाई पहिलो बलमा १ र दोस्रो बलमा कलुमले चौका प्रहार गरे । तेस्रो, चौथो र पाँचौ बलमा १-१ रन दिँदा अन्तिम बलमा २ रन खर्चिए । १७ औं ओभरमा सन्दीपले १८ रन खर्चिए । पहिलो बलमा फर्ग्यूसनले चौका र दोस्रोमा छक्का प्रहार गरे । तेस्रो बलमा १ रन दिदा चौथोमा गिल्क्सले छक्का प्रहार गरे । पाँचौ बल डट र छैटौंमा १ रन दिए ।

७ खेलमा ६ मा जित र १ मा हार सहित मेलबर्न शीर्ष स्थानमा छ । ८ खेलमा ६ मा जित र २ मा हार सहित सिड्नी सिक्सर्स मेलबर्न भन्दा नेट रनरेटले पछि पर्दै दोस्रो स्थानमा रहेको छ । ७ खेलमा समान ३ मा जित र ३ मा हार सहित एडिलेड स्टाइकर्स तेस्रो स्थानमा छ । मेलबर्न स्टार्सले आठौं खेलको रुपमा शुक्रबार मेलबर्न रेनेगेड्ससँग खेल्ने छ ।

March 8, 2025

अर्किडलाई भरतपुर मेयर्स कप क्रिकेटको उपाधि

चितवन (हाम्रो खेलकुद)- अर्किड इङ्लिस स्कुलले भरतपुर मेयर्स कप इन्टर स्कुल लिग क्रिकेटको उपाधि जितेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको फाइनल खेलमा अर्किडले नारायणी नमुना माविलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि उचालेको हो । ७७ रनको झिनो लक्ष्य अर्किडले २५.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । अर्किडको […]

March 8, 2025

इन्डो- नेपाल टि ट्वान्टी क्रिकेट- थन्डर सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो -नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगितामा सरस्वती क्रिकेट एकेडेमीलाई ६ विकेटले हराउँदै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा आज टस जितेर पहिलो ब्याटिङ गरेको सरस्वतीले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ७९ रन बनाएको थियोे । सरस्वतीका लागि शौरभ ढकालले २० बल खेल्दै सर्वाधिक १८ […]

March 8, 2025

नेपाल नामिबियासँग पराजित

काठमाडौं(हाम्रो खेलकुद) –नेपाल युगान्डामा सुरु भएको वुमन्स डे टि ट्वान्टी आई सिरिजमा नामिबियासँग पराजित गरेको छ । पहिलो खेलमा आज नेपालमाथि नामिबियाले ६ विकेटको जित हासिल गर्यो । ९३ रनको लक्ष्य पछ्याउने क्रममा युगान्डाले ८ ओभरमा १ विकेट गुमाएर ३९ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । केही समयपछि खेल फेरि सुरु भए […]

Success

Thank you for your time.