5 years ago
January 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलियामा आइतबार सम्पन्न बिएमडब्लू कप टि ट्वान्टी प्रतियोगिताको उपाधि आयोजक रोयल राइनोज क्रिकेट क्लबले जितेको छ ।
फाइनलमा सगरमाथा क्रिकेट क्लबलाई सुपर ओभरमा हराउँदै उपाधि जितेको छ । टस हारेर ब्याटिङ थालेको सगरमाथाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३८ रन बनाएको थियो । उसका आशिष जिसीले ३ चौका र २ छक्का सहित ५४ रनको योगदान दिए । अभिनास पौडेल २६ र कुशलले १७ रन जोडे । निरज श्रेष्ठले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । निराजन कार्की र पुकार भण्डारीले १-१ विकेट लिए ।
रोयल राइनोजलेले जवाफी ब्याटिङगर्दै २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३८ रन बनाएपछि सुपर ओभरमा धकेलिएको थियो । मोहन पुनले ३ चौका र ४ छक्का सहित ५८, मनोज २४ र निरज श्रेष्ठले ११ रन जोडे । सगरमाथाका कुशलले ३,सुमित, निकेश र सजेन्द्रले १-१ विकेट लिए ।
सुपर ओभरमा रोयल राइनोजले १३ रन बनाएको थियो । सगरमाथाले १० रन बनाए पछि रोयल राइनोजले उपाधि जितेको थियो । सगरमाथाका अभिनास पौडेल प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी र बलर चुनिए । रोयल राइनोज क्रिकेट क्लबको आयोजनामा मंसिर२२ देखी भएको बिएमडब्लू कपमा ८ टोलीको सहभागिता थियो ।
February 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]