5 years ago
January 6, 2020
सुनसरी (हाम्रो खेलकुद) – मनमोहन मेमोरियल राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समुह ए को दोस्रो खेलमा सोमबार सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टर इनरुवालाई ८३ रनले पराजित गरेको छ ।
जितका लागि २ सय ५ रनको विजयी लक्ष्य पछ्याएको इनरुवा ४३.४ ओभरमा अल आउट हुँदै १ सय २१ रनमा समेटियो । तेस्रो ओभरको पाँचौ बलमा योग्यमान कुमालले ओपनर सुसान्त तिमिल्सिनालाई ९ रनमा बोल्ड आउट गरे । दोस्रो विकेटका लागि एपीएफले १९ औं ओभर पर्खिनु पर्यो । १९ औं ओभरको पाँचौ बलमा सुर्य तामाङले रवि रोयलाई २९ रनमा पृथु बास्कोटाबाट क्याच गराए । रोयले ४९ बलमा २ चौका र १ छक्का प्रहार गरे । २३ औं ओभरको अन्तिम बलमा विवेक मेहेतालाई १५ रनमा क्याच आउट गराए ।
कप्तान वसन्त रेग्मीले अलफज मनसुरीलाई ३ रनमा एलबी डब्लू आउट गरे । ३० औं ओभरको चौथो बलमा सरोज बस्नेतलाई अमर सिंह राउटेलाले २ रनमा बोल्ड आउट गरे । रुपेश श्रीवाष्तवले ३२ बलमा ३ चौका सहित २३ रनमा आउट भए । राकेश रोनी ७ र सोनु मण्डल १ रनमा आउट भए । कप्तान वसन्त रेग्मीले ७ ओभरमा १ मेडन सहित १० रन खर्चेर ३ विकेट लिए । त्यस्तै युवा स्पिनर सुर्य तामाङले ८.२ ओभरमा २ मेडन सहित २५ रन खर्चेर ४ विकेट लिए । अमर सिंह राउटेलाको नाममा १ विकेट रह्यो ।
त्यअघि इनरुवा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको एपीएफ ४३.४ ओभरमा २ सय ४ रनमा अल आउट भएको थियो। एपीएफका युवा ब्याट्सम्यान सुमित महर्जनले सर्वाधिक ८३ रनको योगदान दिए । एक तर्फबाट विकेट पतन भइ राखेपनि सुमितले अर्कोतर्फबाट रन जोड्दै एपीएफलाई बलियो योगफलामा पुर्याए । सुमितले १ सय ७ बलमा ७ चौका प्रहार गरे ।
अफ्जल मनसुरीको ४२ औं ओभरको तेस्रो बलमा ठूलो सट खेलेका सुमितलाई लङअनमा सुसान्त तिमिल्सिनाले उत्कृष्ट क्याच गरेपछि शतकबाट चुकेका थिए । ब्यक्तिगत ६ रनमा अलफज मनसुरीले क्याच छाड्दा सुमितले जीवनदान पाएका थिए । पहिलो ओभरको तेस्रो बलमै ओपनर प्रज्वल शाहीलाई भुपाल लुइटेलले विकेटकीपर राकेश सोनीबाट क्याच गराउँदै शून्यमा पेभिलिएन फकाए । छैटौं ओभरको पाँचौ बलमा सोनु मण्डलले उत्कृष्ट आफैं क्याच लिदै विकेटकीपर प्रदीप ऐरीलाई १९ रनमा पेभिलिएन फर्काए ।
कप्तान सरोज बस्नेतले रवि रोयबाट ओपनर शंकर रानालाई १५ औं ओभरको चौथो बलमा ३६ रनमा क्याच गराए । शंकरले ३३ बलमा ५ चौका र १ छक्का प्रहार गरे । सरोजलेनै १७ औं ओभरको अन्तिम बलमा पृथु बास्कोटालाई ५ रनमा बोल्ड आउट गरे ।
२३ औं ओभरको अन्तिम बलमा सरोजले युवा ब्याट्सम्यान सन्दीप जोरालाई १२ रनमा एलबी डब्लू आउट गरे । सरोजले कप्तान वसन्त रेग्मीलाई २९ ओभरको पहिलो बलमा १२ रनमा बोल्ड आउट गरे । अमर सिंह राउटेला ९ रनमा एलबी डब्लू आउट हुन पुगे । इरशाद अहमद ३, योग्यमान कुमाल ५ र सुर्य तामाङले ३ रन जोडे । इनरुवा कप्तान तथा स्पिनर सरोज बस्नेतले ९ ओभरमा १ मेडन सहित ३९ रन खर्चेर ४ विकेट लिए । अलफ्ज मनसरी, भुपाल लुइटेल र सोनु मन्डलले २–२ विकेट लिए ।
समुह ए को पहिलो खेलमा एपीएफ त्रिभुवन आर्मी क्लबसँग १ सय ८ रनले पराजित भएको थियो । समुह ए को अन्तिम खेलमा मंगलबार आर्मी र इनरुवा भिड्ने छन् । जुन खेलमा इनरुवाले आश्चर्यजनक फराकिलो जित निकाल्ने सके एपीएफ नाटकीय रुपमा सेमिफाइनलमा पुग्ने छ । अन्यथा समुह चरणबाटै बाहिरीने समिकरण छ ।
यो पनि पढ्नुहोस : सन्दीपलाई एक खेल प्रतिबन्ध
February 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]