default_image

5 years ago

January 6, 2020

सन्दीपलाई एक खेल प्रतिबन्ध

109 views

0 Bookmark

सुनसरी (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली तथा विभागीय टोली नेपाल एपीएफ क्लबका युवा ब्याट्सम्यान सन्दीप जोरालाई एक खेल प्रतिबन्ध लागेको छ ।

मनमोहन मेमोरियल राष्ट्रिय क्रिकेट एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत समुह ए को खेलमा सोमबार आयोजक टोली मनमोहन मेमोरियल क्रिकेट सेन्टर इनरुवाविरुद्ध सशस्त्र प्रहरी बल (एपीएफ) बाट खेल्ने क्रममा एम्पारले दिएको एलबी डब्लू निर्णयप्रति असन्तुष्टि जनाएपछि एक खेल प्रतिबन्ध लागेको हो ।

जोराले एमएमकप अन्तर्गत एक खेल खेल्न पाउने छैनन् । एमएमकपका म्याच रेफ्री समिर खानको अनुसार अम्पायरको निर्णयमा असन्तुष्टी जनाउँदै विवाद गरेपछि केहि शब्द बोलेको र क्रिज छोड्न ढिलाई गरेको हुँदा आईसीसीको आचार सहिंता २.८ को अनुसार कारबाही परेको जनाएका छन् । जुन गल्ती सन्दीप जोराले स्वीकार गरेका छन् । २३ औं ओभरको अन्तिम बलमा इनरुवाका कप्तान सरोज बस्नेतले सन्दीप जोरालाई १२ रनमा एलबी डब्लू आउट गरेका थिए । जुन एलबीडब्लूमा जोराले असन्तुष्टी जनाएका थिए ।

एपीएफले समुह ए बाट दुबै खेल खेलेको छ । पहिलो खेलमा नेपाल आर्मीसँग ८ विकेटले पराजित हुँदा इनरुवालाई ८३ रनले पराजित गरेको छ । एपीएफको सेमिफाइनल समिकरणको संभावना अंक गणितीयमात्रै बाँकी छ । यो पटक एपीएफ सेमिफाइनलमा नपुगे अर्को संस्करणको पहिलो खेल उनी खेल्न पाउने छैनन् ।

यो पनि : एपीएफको सहज जित

February 27, 2025

सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौंको जित

काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेल रद्द

एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा बाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]

Success

Thank you for your time.