5 years ago
January 5, 2020
एजेन्सी – न्युजिल्यान्डको घरेलु टि२० लिग सुपर स्म्यासअन्तर्गत आइतबारको खेलमा क्यान्टरबरी किंग्सका ब्याट्सम्यान लिओ कार्टरले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् ।
कार्टरले नर्दर्न डिस्ट्रिक्टविरुद्ध न्युजिल्यान्डको राष्ट्रिय टोलीबाट खेलिसकेका एन्टन डेभ्चिचको ओभरमा लगातार ६ छक्का प्रहार गरेका हुन् । विश्व क्रिकेटमा यो उपलब्धि हासिल भएको सातौं पटक हो । जितका लागि २ सय २० को विशाल लक्ष्य पछ्याएको किंग्स हारतर्फ उन्मुख भएको अवस्थामा कार्टरले टोलीलाई ऐतिहासिक जित समेत दिलाए । किंग्सले १९ औं ओभरमा नै जित हासिल गर्दै न्युजिल्यान्डको घरेलु क्रिकेटमा सर्वाधिक ठूलो लक्ष्य पछ्याउने कीर्तिमान पनि कायम गर्यो ।
कार्टरले समग्रमा २९ बलमा ७० रन जोड्दै जित दिलाएका थिए । उनले डेभ्चिचले फ्याँकेको १६ औं ओभरमा लगातार ६ छक्का प्रहार गरेका थिए । न्युजिल्यान्ड क्रिकेटको इतिहासमा यो सफलता हासिल गर्ने कार्टर पहिलो खेलाडी हुन् । उक्त ओभरअघि १२ बलमा ११ रन जोडेका कार्टरले त्यसपछि १७ बलमा ५९ रन जोडे । उनी क्रिजमा जाँदा किंग्सलाई ३० बलमा ६४ रनको आवश्यकता थियो । तर उक्त ओभरपछि २४ बलमा २८ रन बटुल्न निकै सहज देखियो ।
त्यसअघि नर्दर्न डिस्ट्रिक्टका लागि राष्ट्रिय टोलीका ओपनर टिम सिफर्टले ३६ बलमा ७४ रन जोडेका थिए । उनको आक्रामक ब्याटिङको मदतले नर्दर्न डिस्ट्रिक्टले २० ओभरमा ७ वेइक्त गुमाउँदै २ सय १९ रन जोडेको थियो । सिफर्टले किंग्सका स्पिनर ब्लेक कोबर्नलाई एकै ओभरमा २९ रन जोड्दै चर्चा बटुलेका थिए ।
तर जवाफमा कार्टरले अनपेक्षित प्रदर्शन गर्दै कीर्तिमानी जित दर्ता गराएका थिए । किंग्सका लागि ओपनर च्याड बोवेसले ३१ बलमा ५७ रङ जोडेका थिए । कोल मकोंकीले पनि २५ बलमा ४९ रनको योगदान दिएका थिए ।
कार्टरले उत्कृष्ट प्रदर्शनपछि बोल्दै छोटो बाउन्ड्रीको भरपुर सदुपयोग गरेको बताए । ‘ मैले जस्तो बल आएपनि ब्याट घुमाउने निर्णय लिएको थिएँ । सबै बल ब्याटको बीचबाट त लागेको थिएन । तर छोटो बाउन्ड्री भएकाले मलाई सहज भयो । हाम्रो टोलीलाई त्यस ओभरमा धेरै रन आवश्यक परेकोले पनि मसँग विकल्प थिएन,’ उनले भने ।
हेर्नुहोस लगातार ६ छक्काको भिडियो :
February 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]