10 years ago
September 1, 2015
हाम्रो खेलकुद काठमाडौं, भदौ १५ – नेपाल एसिसी यु–१९ एसिया कपको लागि छनोट भएको छ ।
मलेसियामा सञ्चालन भइरकेको एसिसी यु–१९ प्रिमियर लिगको शीर्ष तीनमा पर्ने टोली एसिया कपका लागि छनोट हुने भएपछि नेपालको स्थान पक्का भएको हो ।
मलेसियन क्रिकेट संघले पनि नेपालसँगै अफगानिस्तान र मलेसिया एसिया कपको लागि छनोट भएको उल्लेख गरेको छ । कुवेतलाई मंगलबार ८३ रनले हराएपछि नेपाल प्रिमियर लिगमा कम्तीमा तेस्रो शीर्ष तीनमा पर्नेै पक्का भएको छ । एसिया कपको मिति भने तय भएको छैन ।
नेपाल क्रिकेट संघ(क्यान) ले भने एसिया कपको लागि छनोट भएको आधिकारी जानकारी प्राप्त भइ नसकेको बताएको छ । कुवेतलाई हराएपछि नेपालको ६ अंक पुगेको छ र टोली दोस्रो स्थानमा यथावत छ । समान अंक भएपनि मलेसिया तेस्रो स्थानमा छ ।
शीर्षस्थानको अफगानिस्तानले सबै ४ खेल जित्दै ८ अंक जोडेको छ । नेपालले अन्तिम खेल बिहीबार साउदी अरेबियासँग खेल्नेछ ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]