default_image

5 years ago

January 4, 2020

लाबुसेनको दोहोरो शतकमा अष्ट्रेलियाको विशाल अग्रता

60 views

0 Bookmark

एजेन्सी – युवा ब्याट्सम्यान मार्नस लाबुसेनले उत्कृष्ट लयलाई निरन्तरता दिदै दोहोरो शतकीय इनिङ खेलेपछि न्युजिल्यान्डसँगको तेस्रो टेष्ट खेलमा अष्ट्रेलियाले विशाल अग्रता लिएको छ । दोस्रो दिनको खेल सकिदा अष्ट्रेलियाले पहिलो इनिङमा ३ सय ९१ रनको अग्रता कायम गरेको छ ।

अष्ट्रेलिया पहिलो इनिङमा १५०.१ ओभरमा ४ सय ५४ रनमा अल आउट भयो । मार्नस लाबुसेनले २ सय १५ रनको दोहोरो शतकीय इनिङ खेले । टोड अस्टलले कट एण्ड बोल्ड आउट गर्नु अलि लाबुसेनले ३ सय ६३ बलमा १९ चौका र १ छक्का प्रहार गरे । उनको टेष्ट करिअरकै पहिलो दोहोरो शतक हो ।

ओपनर डेविड वार्नर ४५, स्टिभ स्मिथ ६३, म्याथु वेड २२, कप्तान टिम पेन ३५ र मिचेल स्टार्कले २२ रनको योगदान दिए । न्युजिल्यान्डका कोलिन डी ग्रान्डहोम र निल वाग्ररले ३-३ विकेट लिए । टोड एस्टलको नाममा २ विकेट रह्यो ।

पहिलो इनिङमा न्युजिल्यान्डले २९ ओभरमा ६३ रन जोड्न कुनै विकेट नगुमाएको अवस्थामा दोस्रो दिनको खेल सकिएको छ । उसका कप्तान टम लाथम २६ र टम ब्लन्डेल ३४ रनमा अविजित छन् । पहिलो टेष्टमा अष्ट्रेलिया २ सय ९६ रनले विजयी भएको थियो । दोस्रो टेष्ट अष्ट्रेलियाले २ सय ४७ रनले जित्दै तीन टेष्ट सिरिज २–० ले जिति सकेको छ ।

February 27, 2025

सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौंको जित

काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेल रद्द

एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा बाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]

Success

Thank you for your time.