default_image

5 years ago

January 4, 2020

सुवास खकुरेलको कप्तानी ब्याटिङसँगै प्रदेश ३ सेमिफाइनलमा

109 views

0 Bookmark

इनरुवा (हाम्रो खेलकुद) – कप्तान सुवास खकुरेलको उत्कृष्ट अर्धशतकीय इनिङ खेलेपछि प्रदेश नम्बर ३ दोस्रो संस्करणको मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसिय क्रिकेट (एमएम) प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

शनिवार प्रदेश नम्बर १ लाई ७ विकेटले पराजित गर्दै प्रदेश नम्बर ३ समुह सी को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । जितका लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश ३ ले २६ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । प्रदेश ३ को जितमा कप्तान सुबास खकुरेलले ७३ बलमा ७ चौका र ५ छक्का सहित ८५ रनमा अविजित रहँदै सेमिफाइनल यात्रा पक्का गरे ।

जितेन्द्रसिंह ठकुरी २६ बलमा १ चौका सहित १७ रनमा अविजित रहे । ओपनर रित गौतम १७, आदिल खान ११ र इशान पान्डे ५ रनमा क्याच आउट भए । प्रदेश १ का सुवनकर्ण यूरोले २ र दीपेश कंडेलले १ विकेट लिए ।

त्यसअघि इनरुवामा टस हारेर ब्याटिङ थालेको प्रदेश १ ले निर्धारित २८ ओभरमा १ सय ४४ रनमा अल आउट भएको थियो । वर्षाको कारण खेल अवरुद्ध हुँदा २८ ओभरमा झारिएको थियो । प्रदेश १ का लागि कप्तान पुष्प थापाले सर्वाधिक ५० रनको योगदान दिए । २४ औं ओभरको पहिलो बलमा नन्दन यादवले विकेटकीपर आदिल खानबाट क्याच आउट गराउनु अघि पुष्पले ४१ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।

ओपनर मिनास थापाले ४२ बलमा ३ चौका सहित २० रन जोड्दै क्याच आउट भए । अंकित सुवेदी ४ र मुकुन्द यादव २ रनमा आउट भए । फिर्दोस अन्सारी १८ र राज थापा १० रनमा आउट भए । दीपेश कंडेल १, सुजन थपलिया ३, मनोज तामाङ १ र कमल खत्रीले ४ रनको योगदान दिए । प्रदेश ३ का तीब्र गतिका युवा बलर नन्दन यादवले ६ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए । राम नरेश गिरी २, इशान पान्डे, जितेन्द्र ठकुरी र प्रतिस जिसीको नाममा १–१ विकेट रह्यो ।

पहिलो खेलमा प्रदेश नम्बर १ ले प्रदेश नम्बर ५ लाई ६८ रनले हराएको थियो । दोस्रो खेलमा प्रदेश नम्बर ५ र प्रदेश नम्बर ३ बीचको खेल वर्षाएको कारण अवरुद्ध हुँदा दुबै टोलीले १–१ अंक बाडेका थिए । समुह सी बाट प्रदेश १ र ५ बाहिरिएका छन् । आइतबार समुह ए को खेलमा नेपाल आर्मी क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुने छ ।

February 27, 2025

सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौंको जित

काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेल रद्द

एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा बाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]

Success

Thank you for your time.