5 years ago
January 4, 2020
एजेन्सी – लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिग अन्तर्गत शनिबार मेलबर्न स्टार्सका लागि मेलबर्न रेनेगेड्सविरुद्ध उत्कृष्ट बलिङ प्रदर्शन गरेका छन् ।
पछिल्लो खेल सामान्य चोटका कारण विश्राममा रहेका सन्दीपले डर्बी खेलमा उत्कृष्ट पुनरागमन गरेका हुन् । उनले पहिलो ब्याटिङ गरेको रेनेगेड्सका दुई प्रमुख ब्याट्सम्यानलाई एकै ओभरमा आउट गरेका थिए । सन्दीपले समग्रमा ४ ओभर बलिङ गर्दै २६ रन खर्चेर ३ विकेट लिए ।
पहिलो ओभरमा ७ रन खर्चेका सन्दीपले दोस्रो ओभरमा १२ रन दिए । तेस्रो ओभरमा २ विकेटसँगै सन्दीपले ४ रन दिएका थिए । तेस्रो ओभरको तेस्रो बलमा उनले सर्वाधिक रन जोडेका सन मार्सलाई क्याचआउट गराए । बाउन्ड्रीमा बेन डंक र नाथन कुल्टर नाइलले उत्कृष्ट क्याच लिएका थिए ।
पाँचौ बलमा आक्रामक अलराउन्डर ड्यान क्रिस्टियनलाई सन्दीपले ह्यान्ड्सकम्बको हातबाट शून्यमा स्टम्पिङ गराएका थिए । चौथो ओभरको पाँचौ बलमा टम कुपरको क्याच कप्तान ग्लेन म्याक्सवेलले ड्रप गरेपनि अन्तिम बलमा उनले कुपरलाई एलबीडब्लू धरापमा पारे ।
रेनेगेड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४२ रन जोड्यो । ओपनर स्याम हार्परले १२ रन जोड्दा कप्तान आरोन फिंच २५ रनमा बोल्ड भए । सन मार्सले ३३ बलमा सर्वाधिक ४३ रनको योगदान दिए । ब्यु वेब्स्टर २९ रनमा जाम्पाको बलमा बोल्ड भए । विल सदरल्यान्डले १६ रन जोड्दा अन्य ब्याट्सम्यानले उल्लेख्य अंक छुन सकेनन् ।
स्टार्सका लागि सन्दीपले ३ विकेट लिँदा अर्का स्पिनर एडम जाम्पा र डेल स्टेनले २-२ विकेट हात पारे । कुल्टर नाइलले १ विकेट लिए ।
February 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]