5 years ago
January 3, 2020
काठमाडौं (हाम्रो खेलकुद)-सुनसरीको इनरुवामा जारि मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश ५ समूह चरणबाटै बाहिरिएको छ । शुक्रबारको प्रदेश ३ र प्रदेश ५ बीचको खेल वर्षाको कारण नतिजा विहिन टुंगिएपछि प्रदेश ५ बाहिरिएको हो । दुवै टिमले १-१ अंक बाँडेका छन्।
प्रदेश ३ ले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको प्रदेश ५ ले २.१ ओभरमा १ विकेट गुमाएर ९ रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । त्यसपछि खेल पुनः सुचारु हुन नसकेपछि दुवै टोलीले अंक बाडेका हुन् ।
त्यसअघि अघि सुनसरीको इनरुवामा टस जितेर ब्याटिङ थालेको प्रदेश ३ को टोली ४५.२ ओभरमा अल आउट हुँदै १ सय ८९ रनमा समेटिएको थियो । प्रदेश ३ का ओपनर तथा कप्तान सुवास खकुरेलले सर्वाधिक ४२ रनको योगदान दिए ।
२५ औं ओभरको तेस्रो बलमा विशाल विक्रम केशीले क्याच आउट गराउनु अघि सुवासले ६५ बलमा ५ चौका प्रहार गरे । ओपनर रित गौतमले २० बलमा ३ चौका र १ छक्का सहित २२ रन जोडे । विकेटकिपर आदिल खानले ४३ बलमा २ चौका र १ छक्का सहित २६, इशान पाण्डेले १२, सोनु तामाङले १५, प्रतिस जिसीले १८, राम नरेश गिरीले १७ र नन्दन यादवले १० रन जोडे ।
प्रदेश ५ का यू १६ का कप्तान विशाल विक्रम केसीले १० ओभरमा २ मेडन सहित ३४ रन खर्चेर ५ विकेट लिए । अनिल खरेल २, कृष्ण कार्की र विक्रम कुमार भुषालले १/१ विकेट लिए ।
पहिलो खेलमा प्रदेश १ सँग ६८ रनले पराजित भएको प्रदेश ५ समूह चरणबाटै बाहिरिएको छ । शनिबार प्रदेश १ र प्रदेश ३ बीच हुने खेलको विजयी हुने टोली समुह सी बाट सेमिफाइनलमा प्रवेश गर्ने छ । वर्षाको कारण खेल रद्द हुँदै अंक बाड्नु परे प्रदेश १ सेमिफाइनलमा पुग्ने समिकरण छ ।
April 30, 2025
एजेन्सी – पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ। चेन्नई सुपर किङ्ससँगको खेलमा पन्जाबले टस जितेर फिल्डिङ रोजेको छ। अंक तालिकामा पन्जाब पाचौं र चेन्नई पुछारमा छ।
April 30, 2025
विराटनगर (हाम्रो खेलकुद)- मन मोहन (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता भारतको आसाम क्रिकेट क्लब जित हात पार्न सफल भएको छ। बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा आसामले कोशी प्रदेशलाई ९७ रनको सहज नतिजामा हरायो। २ सय १० रनको लक्ष्य पछ्याएको कोशी ३७.२ ओभरमा १ सय १२ रनमा अल आउट हुन पुग्यो। ब्याटिङमा फितलो प्रदर्शन गरेको […]
April 30, 2025
भुपेन्द्र जि.सी. अष्ट्रेलियाका पूर्व क्रिकेटर स्टुअर्ट लको मुख्य प्रशिक्षणमा घरेलु टोली अमेरिकाले आईसीसी टी-२० विश्वकप २०२४ मा पाकिस्तानलाई सुपर ओभरमा स्तब्ध पार्दै विश्व क्रिकेटमै सनसनी मच्चायो । त्यसको केही दिन अघि ह्युस्टनमा अर्को टेस्ट राष्ट्र बंगलादेशलाई तीन खेलको सिरिजमा २-१ ले हराएको थियो । अप्रिलमा मुख्य प्रशिक्षक बनेका उनले छोटो समयमा सकारात्मक परिवर्तन ल्याएपछि अमेरिकाले […]