default_image

5 years ago

January 3, 2020

नेपाल र बंगलादेश महिला क्रिकेट टोलीलाई संयुक्त रुपमा उपाधि

99 views

0 Bookmark

एजेन्सी – भारतको खम्मममा भएको अल इन्डिया वुमेन्स टि ट्वान्टी प्रतियोगिताको उपाधि नेपाल र बंगलादेशले सयुक्त रुपमा बाडेका छन् । शुक्रबार वर्षाको कारण दोस्रो इनिङ हुन नसकेपछि नेपालले बंगलादेशसँग उपाधि बाड्नु परेको हो । फाइनलमा नेपाली महिला टोलीले प्रस्तुत गरेको १ सय ६ रनको लक्ष्य पक्ष्याएको बंगलादेशले पहिलो ओभरमा ४ रन जोड्दा वर्षाको कारण खेल रोकिएको थियो ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको नेपाली महिला टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५ रन बनाएको थियो । कप्तान रुविना क्षेत्रीले सर्वाधिक ५२ रनको योगदान दिइन् । १७ औं ओभरको अन्तिम बलमा फतिमाले फर्जान अख्तरबाट क्याच आउट गराउनु अघि रुविनाले ४८ बलमा ५ चौका र १ छक्का प्रहार गरिन् । दोस्रो ओभरको तेस्रो बलमै ओपनर रुवि पोद्दर १ रनमा रन आउट भएकी थिइन् ।

दोस्रो विकेटका लागि रुविना र शोभा आलेले ७५ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । १६ औं ओभरको अन्तिम बलमा बोल्ड आउट हुनुअघि शोभाले ४७ बलमा १ चौका सहित २१ रनको योगदान दिइन् । अप्सरी बेगम ९, डली भट्ट शून्यमा आउट हुँदा कविता कुवर २ र रितु कनौजिया ८ रनमा अविजित रहिन् । बंगलादेशकी तिथी रानी सरकार, फेदुसी, शोरिफा खातुन र फतिमा अख्तरले १–१ विकेट लिए ।

समुह ‘ए’ मा रहेको नेपालले तीनै खेल जित्दै सेमिफाइनलमा पुगेको थियो । नेपालले पहिलो खेलमा तामिल नाइडुलाई ७७ रनले हराएको थियो । दोस्रो खेलमा पञ्जावको महिला टोलीलाई नेपालले ७८ रनले पराजित गरेको थियो । जम्मु कश्मिरलाई ७ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको थियो ।

सेमिफाइनलमा रागिनी महाराष्ट्रलाई २७ रनले पराजित गर्दै फाइनलमा पुगेको थियो । पुष ३० देखी सुरुभएको प्रतियोगितामा समुह ए मा नेपाल, जम्मुकश्मिर, पञ्जाव, तामिल नाइडु थिए । त्यस्तै समुह बी मा बंगलादेश,रागिनी महाराष्ट्र, तेलन्गाना र उत्तर प्रदेश थिए ।

February 27, 2025

सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौंको जित

काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेल रद्द

एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा बाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]

Success

Thank you for your time.