default_image

5 years ago

January 3, 2020

लाबुसेनको शतकमा अष्ट्रेलिया बलियो अवस्थामा

70 views

0 Bookmark

एजेन्सी – उत्कृष्ट लयलाई निरन्तरता दिँदै युवा ब्याट्सम्यान मार्नस लाबुसेनले अविजित शतक प्रहार गरेपछि न्युजिल्यान्डसँगको तेस्रो टेष्टको पहिलो दिन अष्ट्रेलियाले बलियो सुरुवात गरेको छ ।

पहिलो दिनको खेल सकिँदा अष्ट्रेलियाले ९० ओभरमा ३ विकेट गुमाउँदै २ सय ८३ रन बनाएको छ । युवा ब्याट्सम्यान मार्नस लाबुशेन २ सय १० बलमा १२ चौका र १ छक्का सहित १ सय ३० रनमा अविजित छन् । उनको यो टेष्ट करिअरको चौथो शतक हो ।

ओपनर डेविड वार्नरलाई निल वाग्ररले कोलिन डी ग्रान्डहोमबाट ४५ रनमा क्याच आउट गराए । ग्रान्डहोमले जो बर्न्स १८ रनमा रस टेलबाट क्याच गराउँदै पेभिलिएन फर्काएका थिए । तेस्रो विकेटका लागि लाबुशेन र स्टिभ स्मिथले १ सय ५६ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।

स्मिथलाई ग्रान्डहोमले टेलरबाट ६३ रनमा क्याच आउट गराए । स्मिथले १ सय ८२ बलमा ४ चौका प्रहार गरे । स्मिथले ३९ बलमा खाता खोलेका थिए । म्याथ्यु वेड २२ रनमा अविजित छन् । न्युजिल्यान्डका कोलिन डी ग्रान्डहोमले ३ र निल वाग्ररले १ विकेट लिएका छन् ।

पहिलो टेष्टमा अष्ट्रेलिया २ सय ९६ रनले विजयी भएको थियो । दोस्रो टेष्ट अष्ट्रेलियाले २ सय ४७ रनले जित्दै तीन टेष्ट सिरिज २–० ले जिति सकेको छ । अष्टेलिया सिरिज क्विनस्वीप गर्ने सोचमा छ ।

February 27, 2025

सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौंको जित

काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेल रद्द

एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा बाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]

Success

Thank you for your time.