default_image

5 years ago

January 2, 2020

दीपेशको घातक बलिङमा प्रदेश १ को विजयी सुरुवात

85 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर दीपेश कंडेलको घातक बलिङसँगै मनमोहन स्मृति एक दिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ ले विजयी सुरुवात गरेको छ । विहीबार प्रदेश ५ लाई ६८ रनले पराजित गर्दै विजयी सुखद सुरुवात गरेको हो ।

१ सय २१ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश पाँच दीपेशको घातक बलिङ सामु १८ ओभरमा ५२ रनमा अल आउट भयो । प्रदेश ५ का लागि ओपनर विराट भण्डारीले ३४ बलमा ४ चौका सहित २८ र यू१६ का कप्तान विशाल विक्रम केसीले १२ रन जोड्न बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् ।

प्रदेश ५ का चार ब्याट्सम्यान शून्यमा पेभिलिएन फर्केका थिए । सौरव खनाल २, कप्तान कृष्ण कार्की शून्य, अनिल खरेल ३ र सुसान्त थापा २ रनमा आउट भए । प्रदेश एकका दीपेश कंडेलले ७ ओभरमा १ मेडन सहित २० रन खर्चेर ६ विकेट लिदै म्यान अफ द म्याच चुनिए । मुकुन्द यादवले २ ओभरमा २ मेडन सहित कुनै रन नदिई २ विकेट लिए । मनोज तामाङले ४ ओभरमा १ मेडन सहित ७ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि सुनसरीको इनरुवा क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश एक ३१.२ ओभरमा १ सय २० रनमा अल आउट भएको थियो । प्रदेश एकको लागि फिर्दोस अन्सारीले सर्वाधिक २३ रनको योगदान दिए ।

२८ औं ओभरको चौथो बलमा विक्रम भुषालले कृष्ण कार्कीबाट क्याच आउट गराउनु अघि फिर्दोसले ४९ बलमा २ चौका प्रहार गरे । कप्तान पुष्प थापाले १७ बलमा २ चौका र १ छक्का सहित २२ रनको योगदान दिए । दीपेश कंडेलले २४ बलमा ३ चौका र १ छक्का सहित २२ रन जोडे । ओपनर अंकित सुवेदीले खाता खोल्न नसक्दा सुजन थपलिया ४ र लभ कामत ११ रनमा बोल्ड आउट भए ।

प्रदेश ५ का स्पिनर बिक्रम भुषालले ८.२ ओभरमा २ मेडन सहित २४ रन खर्चेर ५ विकेट लिएपनि टोलीको हार टार्न सकेनन् । दुर्गेश गुप्ताले २, कृष्ण कार्की, जितेन्द्र सैनी र अनिल खरेलले १–१ विकेट लिए । प्रदेश पाँचले दोस्रो खेलमा शुक्रबार प्रदेश तीनसँग प्रतिस्पर्धा गर्ने छ । प्रदेश १ ले शनिबार प्रदेश ३ को सामना गर्नेछ ।

February 27, 2025

सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौंको जित

काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेल रद्द

एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा बाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]

Success

Thank you for your time.