5 years ago
January 2, 2020
एजेन्सी – लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्स अष्ट्रेलियामा जारी विग ब्यास लिगको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । सिड्नी थन्डरलाई बिहीबार ३ विकेटले हराउँदै मेलबर्न स्टार्स शीर्ष स्थानमा उक्लिएको हो ।
१ सय ४३ रनको विजयी लक्ष्य मेलबर्न स्टार्सले १९.४ ओभरमा ७ विकेट गुमाउँदै पुरा गर्यो । मेलबर्नको जितमा निक लर्किनले ४५ बलमा ८ चौका र १ छक्का सहित ६५ रनको योगदान दिए । ओपनर मार्कस स्टोइनिसले ५१ बलमा ४ चौका र २ छक्का सहित ५८ रनको अर्ध शतकीय इनिङ खेले ।
दोस्रो विकेटका लागि निक लर्किन र मार्कस स्टोइनिसले १ सय २३ रनको शतकीय साझेदारी गरेपनि मध्यक्रममा नियमित विकेट पतन हुँदा मेलबर्नले अन्त्यतिर संघर्ष गुर्न परेको थियो । कप्तान ग्लेन म्याक्सवेल १, बेन डंक शून्य, नाथन कुल्टर नाइल ५ रनमा आउट भए ।
सिड्नीका डानिय साम्सले ४ ओभरमा १ मेडन सहित २५ रन खर्चेर ३ विकेट लिए । क्रिस मोरिसले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । नाथन म्याकएन्डिुको नाममा २ विकेट रह्यो ।
त्यस अघि टस जितेर ब्याटिङ थालेको सिड्नीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियो । उसका एलेक्स रसले ३२ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक ४० रनको योगदान दिए ।
कलुम फग्र्युसन १९, म्याथ्यु गिलक्स २८, डानियल साम्स १३ र अर्जुन नायरले १७ रनको योगदान दिए । मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । तीब्र गतिका बलर हरिस रउफले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए ।
योसँगै मेलबर्न स्टार्स ५ खेलमा ४ मा जित र १ मा हार सहित शीर्ष स्थानमा उक्लिएको छ । एडिलेड स्ट्राइकर्स ५ खेलमा ३ मा जित र हारका साथ दोस्रो स्थानमा छ । ६ खेलमा ३ मा जित र १ मा हार सहित सिड्नी थन्डर तेस्रो स्थानमा रहेको छ ।
आजको खेलमा सन्दीप टोलीमा थिएनन् । अघिल्लो खेलको क्रममा घाइते हुँदा सन्दीपलाई मेलबर्न स्टार्सले विश्राम दिएको थियो । मेलबर्न स्टार्सले पहिलो खेलमा ब्रिसबेन हिटलाई २२ रन र दोस्रो खेलमा होबार्ट हरिकेन्सलाई ५२ रनले पराजित गरेको थियो।
एडिलेड स्ट्राइकर्ससँग मेलबर्न स्टार्स ५ रनले पराजित भएको थियो । चौथो खेलमा होबार्ट हरिकेन्सलाई मेबलर्नले डक वर्थ लेविस पद्धतीको आधारमा ४ रनले हराएको थियो । मेलबर्न स्टार्सले शनिवार मेलबर्न रेनेगड्सविरुद्ध खेल्ने छ ।
February 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]