default_image

5 years ago

January 2, 2020

सर्वाधिक रन बनाउने १० नेपाली खेलाडी

156 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सन् २०१९ मा कुल २० टि ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपालले १२ मा जित ७ खेलमा पराजित भयो । १ खेल बर्षाको कारण रद्द भएको थियो । सन् २०१९ मा १९ नै खेल खेल्ने तीब्र गतिका बलर करण केसी मात्र एक्लो खेलाडी रहे । कुल १९ खेलमा ७ अर्ध शतक र २ शतक बने ।

जसमा पारस खड्काले मात्रै १ शतक र ३ अर्ध शतक प्रहार गरे । एक शतक र १ अर्ध शतकमा विश्व कीर्तिमाननै बन्यो । यूएईसँगको पहिलो टि ट्वान्टी खेलमा सन्दीप जोराले ५३ रन जोड्दै सबैभन्दा कम उमेरमा टि ट्वान्टीमा अर्ध शतक बनाउने कीर्तिमान कायम गरे । पारसले त्रिकोणात्मक सिरिज अन्तर्गत सिंगापुरविरुद्ध लक्ष्य पछ्याउने क्रममा १ सय ६ रनको अविजित इनिङ खेले । पारस लक्ष्य पछ्याउने क्रममा शतक प्रहार गर्ने पहिलो कप्तान बने । सन् २०१९ मा नेपालबाट टि ट्वान्टी आईमा सर्वाधिक रन बनाउने १० खेलाडी ः

१०. रोहित कुमार पौडेल

युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले ११ खेलमा १० इनिङ ब्याटिङ गर्दै २ मा अविजित रहँदै कुल ८० रन बनाए । स्ट्राइक रेट ८९.८८ को रहँदा उत्कृष्ट प्रर्दशन १९ रह्यो । जसमा ७ चौका सामेल छ ।

९. सन्दीप जोरा

अर्का युवा ब्याट्सम्यान सन्दीप जोराले ६ खेलमा १ अविजित रहँदै १२१.६८ को स्ट्राइक रेटमा कुल १ सय १ रन बनाए । जसमा १ अर्ध शतक सहित ५ चौका र ४ छक्का सामेल छ । सन्दीपले डेब्यू खेलमा यूएईसँग ५३ रनमा अविजित रहँदै विश्व कीर्तिमान कायम गरेका थिए ।

८. शरद भेषावकर

अनुभवी ब्याट्सम्यान शरद भेषावकरले ६ खेलमा ३ पटक अविजित रहँदै १०६.७३ को स्ट्राइक रेटमा कुल १ सय ११ रन बनाए । जसमा ९ चौका र ४ छक्का सामेल छ । उत्कृष्ट प्रर्दशन ४० रह्यो ।

७. सोमपाल कामी

तीब्र गतिका बलिङ अलराउन्डर सोमपाल कामीले १६ खेलमा १२ इनिङ ब्याटिङ गर्दा ४ मा अविजित रहँदै कुल १ सय १३ रन बनाए । ११५.३० स्ट्राइक रेट रहँदा कुल ६ चौका र ४ छक्का प्रहार गरे । सोमपालको उत्कृष्ट प्रर्दशन २७ रन छ ।

६.करण केसी

तीब्र गतिका बलिङ अलराउन्डर करण केसीले १९ खेलमा १२ इनिङमा १५२.७२ को स्ट्राइक रेटमा कुल १ सय ६८ रन बनाए । जसमा ९ चौका र १२ छक्का सामेल छ । ३ पटक अविजित रहेका करणको उत्कृष्ट प्रर्दशन ४० रन अविजित रह्यो ।

५. आरिफ शेख

युवा ब्याट्सम्यान आरिफ शेखले १० खेलमा २ पटक अविजित रहँदै १०७.१८ को स्ट्राइक रेटमा कुल १ सय ९४ रन जोडे । जसमा १८ चौका र ४ छक्का सामेल छ । उत्कृष्ट प्रर्दशन ३९ रह्यो ।

४. विनोद भण्डारी

विकेटकीपर तथा फिनिसर विनोद भण्डारीले १७ खेलमा १३ इनिङमा ४ खेलमा अविजित रहे । १२३.६९ को स्ट्राइक रेटमा २ अर्ध शतक सहित कुल २ सय ६१ रन जोडे । जसमा २० चौका र १२ छक्का सामेल छ । विनोदले मलेसियासँगको दुई टि ट्वान्टी सिरिज अन्तर्गत दोस्रो खेलमा २५ बलमा ३ चौका र ५ छक्का सहित ५१ रनमा अविजित रहँदै म्यान अफ द म्याच चुनिएका थिए । ओमानमा पाँच राष्ट्र सम्मिलित टि ट्वान्टी सिरिजमा हङकङसँग ४८ बलमा ४ चौका र ३ छक्का सहित ५८ रनमा अविजित इनिङ खेलेका थिए ।

३. दीपेन्द्र सिंह ऐरी

उप कप्तान दीपेन्द्र सिंह ऐरीले १७ खेलमा १६ इनिङ ब्याटिङ गर्दै कुल २ सय ८७ रन जोडे । स्ट्राइक रेट ११०.३८ रहँदा २२ चौका र ६ छक्का सामेल छ । दीपेन्द्रको उत्कृष्ट प्रर्दशन ४७ रन अविजित रह्यो । जुन यूएईसँगको दोस्रो टि ट्वान्टी खेलमा प्रहार गरेका थिए ।

२. ज्ञानेन्द्र मल्ल

कप्तान ज्ञानेन्द्र मल्लले १२ खेलमा १३९.३० को स्ट्राइक रेटमा कुल ३ सय १९ रन जोडे । जसमा १ शतक र १ अर्ध शतक सामेल छ । २४ चौका र १९ छक्का प्रहार गरेका छन् । ज्ञानेन्द्रले अघिल्लो महिना १३ औं दक्षिण एसियाली खेलकुद सागमा भुटानविरुद्ध ५५ बलमा ५ चौका र ९ छक्का सहित कुल १ सय ७ रन जोडेका थिए ।

जुन २०१९ मा कप्तानको रुपमा एकै इनिङमा सर्वाधिक रन जोडे खेलाडी बने । आईसीसी टि ट्वान्टी एसिया रिजन छनोटमा मलेसियाविरुद्ध ज्ञानेन्द्रले २१ बलमा ५१ रनको अर्ध शतकीय इनिङ खेलेका थिए ।

१. पारस खड्का

पुर्व कप्तान तथा ओपनर पारस खड्का सन् २०१९ मा नेपालबाट सर्वाधिक रन बनाउने खेलाडी हुन् । २०१९ टि ट्वान्टी आई विश्वमै पारस सर्वाधिक रन बनाउने खेलाडीमा पारस सातौं औं नम्बरमा रहे । पारसले १८ खेलमा २ पटक अविजित रहँदै कुल ५ सय ४१ रन जोडे । स्ट्राइक रेट १४५.८२ छ ।
३ अर्ध शतक र १ शतक सामेल छ । जसमा ६० चौका र २५ छक्का प्रहार गरेका छन् ।

पारसले सागमा भुटानसँग ५७, टि ट्वान्टी एसिया छनोेटमा कुवेतसँग ६८ र मलेसियासँग टि ट्वान्टी सिरिजमा पहिलो खेलमा ८६ रनमा अविजित रहेका थिए । त्रिकोणात्मक सिरिज अन्तर्गत सिंगापुरसँग पारसले ५२ बलमा ७ चौका र ९ छक्का सहित १ सय ६ रनमा अविजित रहँदै विश्व कीर्तिमान कायम गरेका थिए ।

February 27, 2025

सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौंको जित

काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेल रद्द

एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा बाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]

Success

Thank you for your time.