5 years ago
January 1, 2020
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियामा जारी विग ब्यास लिग अन्तर्गत विहीबार हुने सिड्नी थन्डरसँगको खेल गुमाउने भएका छन् ।
मेलबर्न स्टार्सले विहीबार हुने सिड्नीसँगको लागि १३ खेलाडीको नाम सार्वजनिक गरेको छ । जसमा सन्दीप छैनन् । मेलबर्नले सन्दीप खेलको क्रममा घाइते हुँदा विश्राम दिएको जनाएको छ । उनको स्थानमा पाकिस्तानका तीब्र गतिका बलर हरिस रउफ आएका छन् । सन्दीपले सुरुवाती ४ खेलमा ३ विकेट लिएका छन् ।
मेलबर्न स्टार्सले ४ खेलमा ३ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । सन्दीपले पहिलो खेलमा ब्रिसबेन हिटसँग ४ ओभरमा ३८ रन खर्चेर १ विकेट लिएका थिए । ब्रिसवेनलाई मेलबन स्टार्सले २२ रनले हराएको थियो । दोस्रो खेलमा होबार्ट हरिकेन्ससँग सन्दीपले ३ ओभरमा १८ रन खर्चेर १ विकेट लिदा मेलबर्न ५२ रनले विजयी भएको थियो ।
एडिलेड स्ट्राइकर्ससँग ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिएका थिए । जुन खेलमा मेलबर्न स्टार्स ५ रनले पराजित भएको थियो । चौथो खेलमा होबार्ट हरिकेन्ससँग सन्दीपले २ ओभरमा ११ रन खर्चिदा विकेट विहीन बने । मेलबर्न डक वर्थ लेविस पद्धतीको आधारमा ४ रनले विजयी भएको थियो । सन्दीपको स्थानमा हाएका पाकिस्तानका तीब्र गतिका बलर हरिस रउफले सुरुवाती २ खेलमा ७ विकेट लिएका छन् ।
ब्रिसबेन हिटसँग २ विकेट लिएका उनले एडिलेड स्ट्राइकर्सविरुद्ध ४ ओभरमा २७ रन खर्चेर ५ विकेट लिदै म्यान अफ द म्याच चुनिएका थिए । तर दक्षिण अफ्रिकी तीब्र गतिका बलर डेल स्टेन टोलीमा फर्किदा मेलबर्नले उनलाई बेन्चमा राखेको थियो । सन्दीपले मेलबर्न डर्बी खेलमा पुनरागमन गर्ने अपेक्षा गरिएको छ । शनिबार हुने मेलबर्न रेनेगड्ससँगको खेलका लागि तयार राख्न सन्दीपलाई विश्राम दिइएको मेलबर्न स्टार्सले जनाएको छ ।
February 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]