default_image

5 years ago

December 30, 2019

टि ट्वान्टी २०१९ मा विराट भन्दा पारस अगाडि

112 views

0 Bookmark

एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का सन् २०१९ टि ट्वान्टी आई क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीमा भारतीय कप्तान विराट कोहली भन्दा माथि रहेका छन् ।

सन् २०१९ टि ट्वान्टीमा सर्वाधिक रन बनाउने खेलाडीमा शीर्ष दशमा रहेका पारसले विराटलाई पछि पारेका हुन् । पारस सातौं स्थानमा रहँदा विराट नवौं स्थानमा छन् । पारसले १८ खेलमा ३ अर्ध शतक, १ शतक सहित कुल ५ सय ४१ रन बनाउँदै सातौं स्थानमा छन् । १४५.८२ को स्ट्राइक रेटमा ब्याटिङ गरेका पारसले कुल ६० चौका र २५ छक्का सामेल छ ।

पारसको उत्कृष्ट प्रर्दशन १ सय ६ रन अविजित छ । भारतीय कप्तान विराट कोहलीले १० खेलमा ५ अर्ध शतक सहित कुल ४ सय ६६ रन बनाएका छन् । विराटको उत्कृष्ट प्रर्दशन ९४ अविजित छ । पारसले २०१९ मा विराटसँगै ओपनर रोहित शर्मा, पाकिस्तानका बाबर आजम, भारतका केएल राहुल जस्ता खेलाडीलाई पछि पारेका छन् ।

सन् २०१९ टि ट्वान्टी आईमा सर्वाधिक रन बनाउने १० खेलाडी :

१. पल स्टर्लिङ (आयरल्यान्ड) २० इनिङ – ७ सय ४८ रन

२. केभिन ओ ब्रायन (आयरल्यान्ड) २३ इनिङ – ७ सय २९ रन

३. म्याक्स ओ डोवड (नेदरल्यान्ड) २४ इनिङ, ७ सय २ रन

४. बेन कपूर (नेदरल्यान्ड) २१ इनिङ, ६ सय ३७ रन

५. एन्डी बलबर्नी (आयरल्यान्ड) २१ खेल २० इनिङ, ६ सय १ रन

६. टोनी उरा (पप्पुवा न्युगिनी) १७ इनिङ, ५ सय ७२ रन

७. पारस खड्का (नेपाल) १८ इनिङ, ५ सय ४१ रन

८. जर्ज मुन्शे (स्कटल्यान्ड) १५ इनिङ, ५ सय २६ रन

९. विराट कोहली (भारत) १० इनिङ, ४ सय ६६ रन

१०. कलुम म्याक्लेओड(स्कटल्यान्ड) १५ खेल १४ इनिङ, – ४ सय ४० रन

February 27, 2025

सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौंको जित

काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेल रद्द

एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा बाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]

Success

Thank you for your time.