default_image

5 years ago

December 30, 2019

सन्दीप र करण २०१९ मा सर्वाधिक विकेट लिने खेलाडी

94 views

0 Bookmark

एजेन्सी – नेपाली तीब्र गतिका बलर करण केसी र स्पिनर सन्दीप लामिछाने सन् २०१९ टि ट्वान्टी क्रिकेट आईमा सर्वाधिक धेरै विकेट लिने खेलाडीमा शीर्ष स्थानमा रहेका छन् ।

सन् २०१९ मा टि ट्वान्टी क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडीमा सन्दीप, करण र नेदरल्यान्डका तीब्र गतिका बलर ब्रान्डम ग्लोभरले समान २८ विकेट लिएका छन् । सन्दीपले १६ खेलमा ५९ ओभर बलिङ गर्दै ३ सय ८४ रन खर्चिदै २८ विकेट लिएका छन् ।

त्यस्तै नेदरल्यान्डका ब्रान्डम ग्लोभरले १९ खेलमा ६५ ओभर बलिङ गर्दै ४ सय ४८ रन खर्चेर २८ विकेट लिएका छन् । करणले १९ खेलमा ६५ ओभरमा बलिङ गर्दै कुल ४ सय ७६ रन खर्चेर २८ विकेट लिएका छन् । आयरल्यान्डका मार्क आदिर र नेदरल्यान्डका पल भान मार्करेनले समान २७ विकेट लिएका छन् ।

अफ्गानिस्तानका स्पिनर राशिद खानले १० खेलमा २० विकेट लिदै १९ औं स्थानमा छन् । सन् २०१९ मा सर्वाधिक विकेट लिने शीर्ष ४० खेलाडीमा टेष्ट राष्ट्रका ६ खेलाडीमात्रै अटाएका छन् । १७ खेलमा १६ विकेट लिएका अभिनास बोहरा ३५ औं स्थानमा छन् ।

सन् २०१९ मा सर्वाधिक विकेट लिने १० खेलाडी

सन्दीप लामिछाने (नेपाल) – खेल १६, २८ विकेट

ब्रान्डम ग्लोभर (नेदरल्यान्ड) – खेल १९, २८ विकेट

करण केसी (नेपाल) – खेल १९, २८ विकेट

मार्क आदिर (आयरल्यान्ड) खेल १७ – २७ विकेट

पल भान माकरेन (नेदरल्यान्ड) – खेल १८, २७ विकेट

इकवाल हसन (कतार) – खेल १५, २६ विकेट

दामियन राबु (पप्पुवा न्युगिनी) – खेल १७, २४ विकेट

नलिन निपिको (भानुआतु) – खेल १४, २४ विकेट

विलाल खान (ओमन) – खेल १६, २४ विकेट

डोमिनिक ब्ल्याम्पेड (जर्सी) – खेल १७, २४ विकेट

February 27, 2025

सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौंको जित

काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेल रद्द

एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा बाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]

Success

Thank you for your time.