default_image

5 years ago

December 30, 2019

सन्दीप सम्मिलित मेलबर्नको बिग ब्यासमा तेस्रो जित

120 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियामा जारी विग ब्यास लिगमा मेलबर्न स्टार्सले होबार्ट हरिकेन्सलाई डकवर्थ लेविस पद्धतीको आधारमा ४ रनले हराएको छ ।

जितको लागि ११ ओभरमा ७० रनको लक्ष्य पछ्याएको मेलबर्न स्टार्स ७.३ ओभरमा ५५-३ को अवस्थामा पुन पानी परेपछि नतिजा डकवर्थ लेविसको आधारमा निकालिएको हो । मेलबर्नका ओपनर मार्कस स्टोइनिसले १९ बलमा ३ चौका सहित २५ रनको योगदा दिए । विकेटकीपर पिटर हायान्डस्कम्ब २२ रनमा अविजित रहे । होबार्टका जेम्स फल्कनरले २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको होबार्टले निर्धारित ११ ओभरमा ५ विकेट गुमाउँदै ६९ रन बनायो । वारम्बार वर्षाको कारण खेल अबरुद्ध हुँदा ११ ओभरमा झारिएको थियो। उसका ओपनर डी आर्सी सटले खातै खोल्न सकेनन् । अर्का ओपनर सिमन माईलन्कोलाई नाथन कुल्टर नाइलले १२ रनमा क्याच आउट गराए ।

कालेब ज्वेलले २८ बलमा २ चौका सहित २६ रनको योगदान दिए । कप्तान बेन म्याकडरमोटले १७ रन जोड्दा डेविड मिलर शून्यमा पेभिलिएन फर्के । जर्ज बिल्ली ७ रनमा अविजित रहे । मेलबर्नका तीब्र गतिका बलर डेल स्टेन र नाथन कुल्टर नाइलले २–२ विकेट लिए । सन्दीपले २ ओभरमा ११ रन खर्चिदा विकेट लिन सकेनन् ।

सन्दीपको दुई ओभर

सातौं ओभरमा सन्दीपले ६ रन खर्चिए । पहिलो बलमा कालेब ज्वेल र दोस्रोमा कप्तान तथा विकेटकीपर बेन म्याकडरमोटलाई १–१ रन दिए । तेस्रो बल डट र चौथोमा दुई रन खर्चिए । पाँचौ र छैटौं बलमा १–१ रन दिए ।

सन्दीपले नवौं ओभरमा ५ रन खर्चिए । कालेब र बेनलाई सुरुवाती दुई बलमा १–१ रन दिए । तेस्रो बल डट राख्दा अन्य तीनै बलमा सन्दीपले १–१ रन खर्चिए ।

मेलबर्नले पहिलो खेलमा ब्रिसबेन हिटलाई २२ रनले पराजित गरेको थियो । दोस्रो खेलमा होबार्ट हरिकेन्सलाई ५२ रनले पराजित गरेको थियो । तेस्रो खेलमा मेलबर्न स्टार्स एडिलेड स्ट्राइकर्ससँग ४ रनले पराजित भएको थियो । पाँचौ खेलमा मेलबर्न स्टार्सले विहीबार सिड्नी थन्डरसँग खेल्ने छ ।

February 27, 2025

सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौंको जित

काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेल रद्द

एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा बाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]

Success

Thank you for your time.