default_image

5 years ago

December 30, 2019

टि२० आईमा शतक प्रहार गर्ने कप्तान पारस र ज्ञानेन्द्र मात्रै!

122 views

0 Bookmark

एजेन्सी – सन् २०१९ टि ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट (आई) मा कप्तानको रुपमा शतक प्रहार गर्ने मात्रै दुई कप्तान रहेका छन् । दुवै कप्तान नेपालका पारस खड्का र ज्ञानेन्द्र मल्ल रहेका छन् । त्यस्तै ज्ञानेन्द्र यस वर्ष टि ट्वान्टी आईमा कप्तानको रुपमा एकै इनिङमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।

उनले पूर्वकप्तान पारस खड्का, भारतीय कप्तान विराट कोहली र नेदरल्यान्डका कप्तान पिटर सीलारलाई पछि पारेका हुन् । सन् २०१९ मा टि ट्वान्टी आईमा एकै खेलमा सर्वाधिक रन बनाउने खेलाडी अफगानिस्तानका ओपनर हज्रतुल्लाह जजाई छन् । उनले फेब्रअरीमा आयरल्यान्डविरुद्ध १ सय ६२ रनको अविजित इनिङ खेलेका थिए ।

ज्ञानेन्द्रले अघिल्लो महिना १२ औं दक्षिण एसियाली खेलकुद (साग) टि ट्वान्टी मा कीर्तिपुर क्रिकेट मैदानमा भुटानविरुद्ध ५५ बलमा ५ चौका र ९ छक्का सहित १ सय ७ रन जोडेका थिए । जुन कप्तानका रुपमा २०१९ मा एकै खेलमा जोडेको सर्वाधिक रन हो । त्यसपछि पारस खड्काले गत सेप्टेम्बरमा त्रिकोणात्मक सिरिज अन्तर्गत सिंगापुरविरुद्ध ५२ बलमा ७ चौका र ९ छक्का सहित १ सय ६ रनमा अविजित रहेका थिए ।

सन् २०१९ मा टि ट्वान्टी आईमा कुल १९ शतक प्रहार भएका छन् । जसमा दुई कप्तानको मात्रै शतक रहेको छ । र दुबै नेपालका कप्तान रहेका छन् । पारस र ज्ञानेन्द्रले मात्रै २०१९ मा कप्तानको रुपमा शतक प्रहार गरेका हुन् ।

कप्तानको रुपमा पारस र ज्ञानेन्द्रलाई छाड्दा गत सेप्टेम्बरमा नेदरल्यान्डका कप्तान पिटर सीलारले स्कटल्यान्डविरुद्ध ९६ रनमा अविजित रहेका थिए । त्यस्तै एक हप्ता अघि भारतीय कप्तान विराट कोहलीले वेस्ट इन्डिजविरुद्ध ९४ रन जोडेका थिए ।

२०१९ मा टि ट्वान्टी आईमा एकै इनिङमा सर्वाधिक रन बनाउने खेलाडी:

हज्रतुल्ला जजाई (अफगानिस्तान) – आयरल्यान्डविरुद्ध १ सय ६२ रनमा अविजित

जर्ज मुन्से (स्कटल्यान्ड ) – नेदरल्यान्डविरुद्ध १ सय २७ रनमा अविजित

केभिन ओ ब्रायन (आयरल्यान्ड) – हङकङविरुद्ध १ सय २४ रन

ग्लेन म्याक्सवेल (अष्ट्रेलिया) – भारतविरुद्ध १ सय १३ रनमा अविजित

बिलाल जाल्मी (अष्ट्रिया) – चेक रिपब्लिकविरुद्ध १ सय ११ रनमा अविजित

टोनी उरा (पप्पुवा न्युगिनी) – फिलिपिन्सविरुद्ध १ सय ७ रनमा अविजित

ज्ञानेन्द्र मल्ल (नेपाल) – भुटानविरुद्ध १ सय ७ रन

पारस खड्का (नेपाल) – सिंगापुरविरुद्ध १ सय ६ रनमा अविजित

February 27, 2025

सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौंको जित

काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेल रद्द

एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा बाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]

Success

Thank you for your time.