5 years ago
December 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – यूएईका अलराउन्डर रोहन मुस्तफाले पोखरा प्रिमियर लिग (पीपीएल) मा म्यान अफ द सिरिज र म्यान अफ द म्याच घोषित वापत आउने पैसा सहयोग गर्ने भएका छन् ।
चितवन राइनोजलाई अपराजित रहँदै पीपीएल उपाधि जिताउन उत्कृष्ट अलराउन्ड प्रर्दशन गर्दै ६ खेलमा ३ अर्धशतक सहित २ सय ६ रन बनाउनुको साथ ९ विकेट लिएका मुस्तफाले म्यान अफ द म्याचको पैसा मैदानका कर्मचारी र म्यान अफ द सिरिज वापत आउने पैसा च्यारिटीलाई दिने घोषणा गरेका छन् । ६ खेल मध्य मुस्तफा तीनमा म्यान अफ द म्याच चुनिएका थिए । मुस्तफा फाइनलमा विराटनगर, लिग चरणमा काठमाडौं गोल्डेन्स र बुटवल ब्लास्टर्सविरुद्ध म्यान अफ द म्याच चुनिएका थिए ।
प्रत्येक म्यान अफ द म्याचले १० हजार प्राप्त गर्ने छन् । उक्त म्यान अफ द म्याचबाट आएको कुल ३० हजार पोखरा मैदानका कर्मचारीलाई प्रदान गरेका छन् । म्यान अफ द सिरिजबाट पाएको टिभिएस मोटरसाकलबाट आउने पैसा पाकिस्तानमा घर नजिक रहेको एक संस्थालाई दिनेछन् । उक्त संस्थामा ८ देखी १० बालबालिका रहेका छन् । उनले ईदमा ती बालबालिकालाई लुगा तथा मिठाई खुवाउने गरेको उनी बताउँछन् ।
मुस्तफाले भनेका छन्, ‘प्रतियोगिता सकिएपछि मैले पारससँग कुरा गरें । मैले मैदानमा धेरै महिलाले काम गरेको देखे ।नेपालीहरुबाट मैले गज्जबको साथ पाएँ । जुन साँच्चै आश्चर्यजनक र अविश्मरणिय छ । कहिलेकाँही समर्थक फोटो खिच्न होटलनै आउथे ।’
‘ मैदानमा मैले सधैं समर्थकबाट राम्रो साथ र सम्मान पाएँ । मलाई खुसी पार्थे । जसले मलाई राम्रो प्रर्दशन गर्न थप उत्पेरणा मिल्नुको साथै आत्माविश्वास बढायो । गत वर्ष नेपालमा मेरो प्रर्दशन त्यति राम्रो थिएन’, मुस्तफाले भने ।
यसपटक केहि दबाब महसुस गरेको उनी बताउँछन् । मुस्तफाले पारस र हङकङ ब्याट्सम्यान बाबर हायतलाई धन्यावाद दिएका छन् । पारस र बाबरको हौसलाले आत्माविश्वास बढेको र प्रर्दशन राम्रो हुन पुगेको मुस्तफा बताउँछन् ।
February 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]