5 years ago
December 28, 2019
भूपेन्द्र जिसी, पोखरा
हरेक समर्थकको आ–आफ्ना आदर्श खेलाडी हुन्छन् । ती खेलाडीलाई भेट्ने सबै समर्थकको भित्री चाहना हुन्छ । आफ्नो चाहना पुरा गर्न समर्थकले अनेक प्रयत्न गर्छन् । कमैले सामान्य रुपमा आफ्ना आदर्श खेलाडी भेट्न पाउँछन्, तर केहिले असामान्य रुपमै भएपनि त्यस पललाई विशेष बनाउँछन् ।
पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनल खेलमा आफूले समर्थन गर्ने चितवन राइनोजलाई समर्थन गर्न पोखरा पुगेका चितवनका दुई समर्थकले असामान्य रुपमा नै आफ्नो चाहना विशेष रुपमा पूरा गरे । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान समेत रहेका पारस खड्कालाई मैदानमै पुगेर यी दुई समर्थकले खुट्टा ढोगे ।
विराटनगरलाई जितको लागि अन्तिम बलमा ३७ रन चाहिएको थियो । चितवन औपचारिकताको पर्खाईमा थियो । विक्रम शोबलाई जितेन्द्र मुखियाले हावामा ठूलो सट खेले । बल बाउन्ड्रीमा नपुग्दा सम्म पारसले स्टम्प निकालेनन् । बल बाउन्ड्रीमा पुग्यो र पारसले स्टम्प निकालेर विक्रम शोब, भुवन कार्की सहित अन्य खेलाडीसँग अंगालो मार्दै र खुसी साट्दै थिए ।
यतिकैमा खेल हेरिरहेका दुई समर्थक बाउन्ड्री लाइनभित्र छिरे र दौडिएर पारस नजिक पुगे । पारस उता खेलाडीसँग खुसी साट्दै अंगालो मार्दै थिए । यतिकैमा ७७ नम्बरको जर्सी लगाएका एक समर्थकले दुई खुट्टा मैदानमा टेके र पारसको दुबै खुट्टा ढोगे । खुट्टा छोएपछि पारसले समर्थक आएको थाहा पाए । त्यसअघि पारसलाई ती समर्थक मैदान छिरको पत्तो समेत थिएन ।
चितवन राइनोजको झण्डा फरफराउँदै पारसकै खुट्टा छुन पुगेका अर्का समर्थकलाई पारसले आफ्नो खुट्टा छुन लाग्दा उठाए । पारसले दुवैसँग अंगालो मारे । एकैछिन कुरा गरे । त्यतिकैमा अफिसियल स्टफाहरु मैदान पुगिसकेका थिए । दुबै खुसीले हात हल्लाउदै बाहिर निस्किए । खुसीको सिमाना दुबैमा थिएन ।
७७ नम्बर जर्सी लगाएका ती समर्थक भावुक हुँदै आखाँबाट आँशु निकाल्दै निस्कीए । उनको अनुहारमा मुस्कान थियो भने आखामा खुसी आँशु । पछि बुझ्दै गर्दा ७७ नम्बरको जर्सी लगाउने चितवनका पारस घिमिरे र चितवन राइनोजको झण्डा समातेर मैदान छिरेका गैंडाकोटका नारायण पराजुली रहेछन् । फाइनल खेल हेर्न दुवै आज नै चितवनबाट आएका थिए ।
‘मैले जहिलेदेखि क्रिकेट बुझें त्यहि दिन देखि म पारसलाई भगवान मान्छु । मेरो लागि पारस नै भगवान हुन् । भगवानलाई भेटेपछि खुसी बेग्लै हुँदो रहेछ । वँहालाई भेट्ने मेरो सपना थियो, सपना पुरा हुँदा र भगवानलाई भेट्दा आखाँबाट आँशु रोकिएन’, पारस घिमिरे नाम गरेका समर्थकले भने ।
उनीसँगै चितवन राइनोजको झण्डा फरफराउँदै पारसको खुट्टा ढोग्न गएका अर्का समर्थक नारायण पराजुली पनि आजै फाइनल हेर्न चितवनबाट पोखरा आएका थिए । उनले आफ्नो धड्कन नै पारस भएको बताए । आफुले क्रिकेट खेल्न र हेर्न थालेदेखी पारस नै सबै भएको उनी बताउँछन् ।
दुवै समर्थक चितवनको जितसँगै एक्कासी मैदान प्रवेश गरेको बताउँछन् । खेल हेर्न आउँदासम्म मैदान नै छिर्ने कुनै सोच नबनाएको उनीहरुले बताए । पारसलाई भेट्दा नारायणले जीवनकै सर्वाधिक खुसी पल भएको बताए ।
February 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]