5 years ago
December 28, 2019
पोखरा (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोली तथा काठमाडौं गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्ल दोस्रो संस्करणको पोखरा प्रिमियर लिग(पीपीएल) को उत्कृष्ट ब्याट्सम्यान घोषित भएका छन् ।
चितवन राइनोजका यूएईका अलराउन्डर रोहन मुस्तफा म्यान अफ द सिरिज घोषित भए । चितवनकै करण केसी प्रतियोगिताका सर्वोउत्कृष्ट बलर घोषित भए । एक्स्पर्ट धनगढी ब्लुजका युवा स्पिनर अनिल खरेल उदयमान खेलाडी घोषित भएका छन् । विराटनगर टाइटन्सका युवा ब्याट्सम्यान लोकेश बम मोस्ट भ्यालुएवल खेलाडी घोषित भए । म्यान अफ दि सिरिज रोहन, उत्कृष्ट ब्याट्म्यान ज्ञानेन्द्र र उत्कृष्ट बलर करणले टिभिएस मोटरसाइकल पाएका छन् । यस्तै प्रतियोगिताको मोस्ट भ्यालुएवल खेलाडी लोकेशले १ लाख र उदयमान खेलाडी अनिल खरेलले रु ५० हजार रुपैंया प्राप्त गरे ।
म्यान अफ द सिरिज चुनिएका रोहनले ६ खेलमा २ सय ६ रन बनाउनुको साथै ९ विकेट लिएका थिए । मुस्तफाले पोखरा, काठमाडौं, विराटनगर र बुटवलसँग २-२ विकेट तथा फाइनलमा विराटनगरसँग १ विकेट लिएका थिए । पोखराविरुद्ध ११ रन जोडेका मुस्तफाले बुटवलसँग अविजित ७०, धनगढीविरुद्ध १८ र विराटनगरसँग ७, काठमाडौंसँग अविजित ५९ र फाइनलमा विराटनगरसँग ५० रन बनाएका थिए ।
५ खेलमा १५४.६१ को स्ट्राइक रेटमा १ शतक सहित कुल २ सय १ रन बनाएका काठमाडौं गोल्डेन्स वारियर्सका कप्तान ज्ञानेन्द्र मल्ल उत्कृष्ट ब्याट्सम्यान घोषित भए । पहिलो खेलमा पोखरा पल्टनसँग १ र बुटवल ब्लास्टर्ससँग १५ रनमा आउट भएका ज्ञानेन्द्रले धनगढीविरुद्ध ३८ बलमा ८ चौका र ९ छक्का सहित एक सय रन बनाएका थिए । विराटनगरसँग ४५ र चितवन राइनोजसँग ४० रन बनाएका थिए ।
६ खेलमा १४ विकेट लिएका चितवनका तीब्र गतिका बलर करण केसी प्रतियोगिताको उत्कृष्ट बलर घोषित भए । करणले पोखराविरुद्ध १ विकेट लिदा बुटवलविरुद्ध ३.४ ओभरमा ११ रन खर्चेर ४ विकेट लिएका थिए । धनगढीविरुद्ध २, विराटनगरविरुद्ध ३ र काठमाडौंसँग १ विकेट लिदा फाइनलमा विराटनगरविरुद्ध ३ विकेट लिदै शीर्ष स्थानमा रहेका थिए ।
५ खेलमा १७ ओभर बलिङ गर्दै ८५ रन खर्चेर ८ विकेट लिएका एक्स्पर्ट धनगढी ब्लुजका युवा स्पिनर अनिल खरेल उदयमान खेलाडी घोषित भए । विराटनगरसँग एक विकेट लिएका अनिलले काठमाडौंविरुद्ध विहीन बने । चितवन र बुटवलसँग २–२ विकेट लिए । पोखराविरुद्ध ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिदै टोलीको जित सहज बनाएका थिए ।
विराटनगर टाइटन्सका युवा ब्याट्सम्यान लोकेश बमले ४ खेलमा ९७ रन बनाएका थिए । उनले लिग चरणमा चितवनसँग ३६ बलमा ५ चौका र ५ छक्का सहित ६२ रन जोडेका थिए ।लोकेशले पोखरासँग २,बुटवलसँग १३, क्वालिफायरमा १९ र फाइनलमा चितवनविरुद्ध १ रनमा आउट भएका थिए ।
चितवनले फाइनलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै चितवन च्याम्पियन बनेको हो । यो सँगै च्याम्पियन चितवनले २७ लाख र उप विजेता विराटनगरले १० लाख प्राप्त गरेका छन् ।
February 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]