default_image

5 years ago

December 28, 2019

विराटनगरलाई हराउँदै चितवन च्याम्पियन !

166 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधि पारस खड्का कप्तान रहेको चितवन राइनोजले जितेको छ ।

पोखरा रंगशालामा शनिबार भएको फाइनलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै चितवन च्याम्पियन बनेको हो । यो सँगै च्याम्पियन चितवनले २७ लाख र उप विजेता विराटनगरले १० लाख प्राप्त गरेका छन् । जितको लागि २ सय ३ रनको विशाल लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७० रन बनायो ।

विराटनगरका लागि पाकिस्तानका मोहम्मद जैद आलमले सर्वाधिक ५७ रनको योगदान दिए । रोहन मुस्तफाको १५ औं ओभरको पहिलो बलमा ठूलो सट खेल्ने क्रममा आलम भुवन कार्कीबाट क्याच हुनुअघि ४८ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । दोस्रो ओभरको पहिलो बलमै ओपनर सुनिल धमलालाई सन्नी पटेलले ४ रनमा बोल्ड आउट गरे ।

करण केसीको तेस्रो ओभरको पहिलो बलमा ठूलो सट खेलेका लोकेश बमलाई बाबर हायतले स्टेटमा १ रनमा उत्कृष्ट क्याच लिएपछि विराटनगर दबाबमा परेको थियो । दुई पाकिस्तानी ब्याट्सम्यान नोमन खान र मोहम्मद जैद आलमले तेस्रो विकेटका लागि ५३ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । दशौं ओभरको पाँचौ बलमा नोमन खान तीन रन लिनेक्रममा आरिफ शेखले सिधै स्टम्पमा ताकेपछि १८ रनमा पेभिलिएन फर्किनु परेको थियो । नोमनले खानले १८ बलमा २ चौका प्रहार गरे ।

तल्लोक्रममा भारतीय अलराउन्डर पुनित मेहराले १३ बलमा २ चौका र ३ छक्का ३२ सहित रन जोड्दै खेललाई रोमान्चक बनाएका थिए । पुनित १८ औं ओभरको अन्तिम बलमा विक्रम शोबबाट क्याच आउट भए । कप्तान प्रदीप ऐरीले २५ बलमा ३ चौका र १ छक्कासहित ३६ रन जोडे । करणको बलमा आरिफ शेखले डिप एक्स्ट्रा कभरमा डाइभ दिँदै उत्कृष्ट क्याच लिएपछि विराटनगरको आशा समाप्त भएको थियो । चितवनका लागि सन्नी पटेलले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । करणले ३ तथा रोहन मुस्तफाले १ विकेट लिए ।

त्यसअघि पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २ रन बनाएको थियो। चितवनका अनिल कुमार शाहले ३४ बलमा ३ चौका र ३ छक्का सहित ५० रनमा क्याच आउट भए । अनिललाई १६ औं ओभरको पहिलो बलमा पुनित मेहराले मोहम्मद जैदबाट क्याच गराए ।

अनिल आउट भएको तीन बलपछि रोहन मुस्तफापनि ५० रनमा आउट हुन पुगे । रोहन नोमन खानबाट ५० रनमा समातिन पुगे । रोहनले ४३ बलमा ३ चौका र १ छक्का प्रहार गरे । तेस्रो विकेटका लागि अनिल कुमार शाह र रोहन मुस्तफाले ९५ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।

ओपनर पारस खड्का र रोहन मुस्तफाले पहिलो विकेटका लागि ३.२ ओभरमा ३६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । पारस खड्कालाई किशोर महतोले डीप स्क्वायर लेगमा पाकिस्तानका अलराउन्डर नोमन खानबाट २५ रनमा क्याच गराए । पारसले ११ बलमा ४ चौका र १ छक्का प्रहार गरे । पाँचौ ओभरको चौथो बलमा मोहम्मद जैदले बाबर हायतलाई ५ रनमा बोल्ड गरे ।

तल्लोक्रममा आरिफ शेखले ११ बलमा १ चौका र २ छक्का सहित १९ रनमा जितेन्द्र मुखियाबाट क्याच हुन पुगे । आरिफलाई १९ औं ओभरको पहिलो बलमा जैदले क्याच गराएका थिए । सन्नी पटेल ८ बलमा २ चौका सहित १६ रनमा अविजित रहे । करण केसीले पनि आक्रामक ब्याटिङ गर्दै ८ बलमा २ चौका र २ छक्कासहित २६ रन जोडे ।

विराटनगरका पुनित मेहराले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । मोहम्मद जैद आलमले ४ ओभरमा ३६ रन खर्चेर २ र किशोर महतोले १ विकेट लिए ।

February 27, 2025

सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौंको जित

काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेल रद्द

एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा बाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]

Success

Thank you for your time.