5 years ago
December 28, 2019
पोखरा (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान अनिलकुमार शाह र यूएईका अलराउन्डर रोहन मुस्तफाले अर्धशतक प्रहार गरेपछि पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनलमा चितवन राइनोजले विराटनगर टाइटन्सलाई २ सय ३ रनको विशाल लक्ष्य दिएको छ ।
पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २ रन बनायो । चितवनका अनिल र रोहनले अर्ध शतकीय इनिङ खेले । अनिल ३४ बलमा ३ चौका र ३ छक्का सहित ५० रनमा क्याच आउट भए । अनिललाई १६ औं ओभरको पहिलो बलमा पुनित मेहराले मोहम्मद जैदबाट क्याच गराए । अनिलले ३३ बलमा अर्धशतक पुरा गरेका थिए ।
अनिल आउट भएको तीन बलपछि रोहन मुस्तफापनि ५० रनमा आउट हुन पुगे । रोहन नोमन खानबाट ५० रनमा समातिन पुगे । रोहनले ४३ बलमा ३ चौका र १ छक्का प्रहार गरे । रोहन मुस्तफाले ४२ बलमा अर्ध शतक पुरा गरेका थिए । तेस्रो विकेटका लागि अनिल कुमार शाह र रोहन मुस्तफाले ९५ रनको साझेदारी गरेपछि चितवन विशाल योगफलमा पुगेको हो ।
ओपनर पारस खड्का र रोहन मुस्तफाले पहिलो विकेटका लागि ३.२ ओभरमा ३६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । पारस खड्कालाई किशोर महतोले डीप स्क्वायर लेगमा पाकिस्तानका अलराउन्डर नोमन खानबाट २५ रनमा क्याच गराए । पारसले ११ बलमा ४ चौका र १ छक्का प्रहार गरे । पाँचौ ओभरको चौथो बलमा मोहम्मद जैदले बाबर हायतलाई ५ रनमा बोल्ड गरे ।
तल्लोक्रममा आरिफ शेखले ११ बलमा १ चौका र २ छक्का सहित १९ रनमा जितेन्द्र मुखियाबाट क्याच हुन पुगे । आरिफलाई १९ औं ओभरको पहिलो बलमा जैदले क्याच गराएका थिए । सन्नी पटेल ८ बलमा २ चौका सहित १६ रनमा अविजित रहे । करण केसीले पनि आक्रामक ब्याटिङ गर्दै ८ बलमा २ चौका र २ छक्कासहित २६ रन जोडे ।
विराटनगरका पुनित मेहराले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । मोहम्मद जैद आलमले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । किशोर महतोको नाममा १ विकेट रह्यो ।
February 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]