5 years ago
December 28, 2019
पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) फाइनल खेलमा विराटनगर टाइटन्सले चितवन राइनोजसँग पहिला फिल्डिङ गर्ने भएको छ । पोखरा रंगशालामा भएको टसमा विराटनगरका कप्तान प्रदीप ऐरीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
चितवन लिग चरणमा पाँचै खेलमा जित निकाल्दै फाइनलमा पुगेको थियो । यता विराटनगर लिग चरणमा ५ खेलमा ३ मा हार र २ मा जित सहित काठमाडौं गोल्डेन्स वारियर्सलाई नेट रनरेटले पछि पार्दै प्ले अफमा पुगेको हो । क्वालिफायरमा बुटवल ब्लास्टर्सलाई २१ रनले पराजित गर्दै विराटनगरले फाइनलमा प्रवेश गरेको थियो ।
लिग चरणको अन्तिम खेलमा बुटवलले पस्तुत गरेको १ सय ३४ रनको लक्ष्य विराटनगरले ११.४ ओभरमा पुरा गर्दै प्ले अफ पक्का गरेको थियो । लिग चरणको खेलमा विराटनगर चितवनसँग १८ रनले पराजित भएको थियो ।
चितवनले आजको खेलमा टोलीमा दुई परिवर्तन गरेको छ । लिग चरणको अन्तिम खेलमा काठमाडौं गोल्डेन्स वारियर्सविरुद्ध मैदान उतारेको मध्य गतिका बलर रामनरेश गिरी र अलराउन्डर सोनु तामाङलाई बेन्चमा राखेको छ । चितवनले त्यस्तै स्पिनर विक्रम कुमार भुषाल र आकश थापालाई पनि बेन्चमा राखेको छ ।
चितवनले आज प्रमुख बलरको रुपमा तीब्र गतिका बलर करण केसी, विक्रम शोब र स्पिनर भुवन कार्की मैदान उतारेको छ ।
विराटनगरले एक परिवर्तन गरेको छ । ब्याट्सम्यान मिनाश थापाको स्थानमा विकेटकीपर दिलिप नाथलाई मौका दिएको छ । विराटनगरबाट राजु रिजाल, दीपेश श्रेष्ठ, राजेश पुलामी मगर र मिनाश थापा बेन्चमा छन् ।
चितवनको प्लेइङ ११ :
पारस खड्का (कप्तान), करण केसी, रोहन मुस्तफा, बाबर हायत, सन्नी पटेल, भुवन कार्की, आरिफ शेख, अनिल कुमार शाह, हरि शंकर शाह, विक्रम शोब र सुमित महर्जन ।
विराटनगरको प्लेइङ ११ :
प्रदीप ऐरी, लोकेश बम, साहब आलम, पुनित मेहरा, मोहम्मद जैद आलम, नोमन खान, जितेन्द्र मुखिया, किशोर महतो, सुनिल धमला, पुष्प थापा र दिलिप नाथ ।
February 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]