default_image

5 years ago

December 28, 2019

पीपीएल उपाधिको लागि चितवन र विराटनगर भिड्दै

132 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधिको लागि आज चितवन राइनोज र विराटनगर टाइटन्स भिड्दै छन् । खेल ११ः ३० देखी पोखरा रंगशालामा सुरु हुने छ । चितवन पारस खड्का र विराटनगर प्रदीप ऐरीको कप्तानीमा मैदान उत्रने छ ।

चितवन लिग चरणमा पाँचै खेलमा जित निकाल्दै फाइनलमा पुगेको थियो । यता विराटनगर लिग चरणमा ५ खेलमा ३ मा हार र २ मा जित सहित काठमाडौं गोल्डेन्स वारियर्सलाई नेट रनरेटले पछि पार्दै प्ले अफमा पुगेको हो । क्वालिफायरमा बुटवल ब्लास्टर्सलाई २१ रनले पराजित गर्दै विराटनगरले फाइनलमा प्रवेश गरेको थियो । लिग चरणको अन्तिम खेलमा बुटवलले पस्तुत गरेको १ सय ३४ रनको लक्ष्य विराटनगरले ११.४ ओभरमा पुरा गर्दै प्ले अफ पक्का गरेको थियो ।

चितवनका कप्तान पारस खड्का रोहन मुस्तफा, बाबर हायत र आरिफ शेख शीर्षक्रमका ब्याट्सम्यान हुन् । यी चारै खेलाडी उत्कृष्ट लयमा छन् । बाबरले ५ खेलमा १ सय ९८, रोहनले १ सय ५७, पारस खड्काले १ सय २५ र आरिफ शेखले १ सय ४२ रन बनाएका छन् ।

यी चार खेलाडीको कारण चितवनको शीर्षक्रम ब्याटिङ बलियो छ । मध्यक्रममा भारतीय अलराउन्डर सन्नी पटेल, अनिल कुमार शाह र सुमित महर्जनको कारण ब्याटिङ लाइनअप अझैं बलियो बनेको छ । तल्लोक्रममा करण केसी, विक्रम भुषाल र विक्रम शोबले पनि ठूला सट खेल्न सक्छन् । चितवनको ब्याटिङमा गहिराई छ ।

बलिङमा करण र विक्रम शोब तीब्र गतिका बलरको जोडी रहने छन् । करणले ५ खेलमा ११ विकेट लिदै शीर्ष स्थानमा छन् । १० विकेट लिदै दोस्रो स्थानमा रहेका भुवन कार्की र ९ विकेट लिएका सन्नी पटेल प्रमुख स्पिनर जोडी हुन् । चितवनले चार प्रमुख बलरमात्रै खेलाउने संभावना छ । रोहन मुस्तफा पनि उसका लागि प्रमुख अलराउन्डर हुन् । पारस पार्टटाईम बलर हुन् । लिग चरणको अन्तिम खेलमा काठमाडौं गोल्डेन्स वारियर्ससँग मौका दिएको सोनु तामाङ र राम नरेशगिरीलाई आज बेन्चमा राख्ने छ ।

विराटनगरका ओपनर सुनिल धमलाले बुटवल ब्लास्टर्ससँग क्वालिफायरमा ६१ रनको अर्ध शतकीय इनिङ खेले थिए । लगातार खराब लयमा रहेका धमलालाई त्यो इनिङले मनोबल बढाउने छ । धमलाले त्यहि लयलाई निरन्तरता दिनसक्नु पर्छ । धमलालाई पाकिस्तानका अलराउन्डर मोहम्मद जैद आलमले ओपनिङमा साथ दिने छन् । जैदले ठूलो इनिङ खेल्न सकेका छैनन् ।

त्यसैले विराटनगर उनीबाट फाइनलमा ठूलो इनिङ चाहान्छ । चितवनविरुद्ध लिग चरणमा ३६ बलमा ५ चौका र ५ छक्का सहित ६२ रन जोडेका युवा ब्याट्सम्यान लोकेश बम उत्कृष्ट लयमा छन् । चितवनलाई लोकेश आजको खेलमा घातक बन्न सक्छन् । विराटनगरको लागि अलराउन्डर पुनित मेहरा प्रमुख ब्याट्सम्यान हुन् । उनले ६ खेलमा २ सय ४ रन बनाउँदै शीर्ष स्थानमा रहँदा ८ विकेट लिएका छन् ।

कमजोर विराटनगरलाई उत्कृष्ट अलराउन्डर प्रर्दशन गर्दै फाइनलमा पुर्याएका पुनित प्रमुख हतियार हुन् । उनको प्रर्दशन आजको खेलमा निकै महत्वपूर्ण हुने छ । उनको उत्कृष्ट प्रर्दशन विना विराटनगरलाई उपाधि जित्न सहज हुने छैन ।

प्रदीप ऐरी, पुष्प थापा र मिनाश थापा र नोमन खान तल्लोक्रममा ठूला सट खेल्दै टोलीलाई विशाल योगफलतर्फ लैजान खोज्ने छन् । तीब्र गतिको बलिङमा किशोर महतो र जितेन्द्र मुखियाको जोडी रहने छन् । किशोरले ६ खेलमा ९ विकेट लिएका छन् । क्वालिफायरमा बुटवलसँग ३ विकेट लिदै म्यान अफ द म्याच घोषित भएका साहब आलम प्रमुख स्पिनर हुन् । उनलाई पुनित र नोमन खानले साथ दिने छन् । विराटनगरको टोलीमा परिवर्तनको संभावना देखिदैन ।

लिग चरणमा दुवै टोलीको नतिजा

विराटनगर पहिलो खेलमा धनगढीसँग ५ रनले पराजित भएको थियो । विराटनगरले दोस्रो खेलमा पोखरालाई ४५ रनले पराजित गर्यो । तेस्रो खेलमा काठमाडौंसँग ३६ रन चौथो खेलमा चितवनसँग १८ रनले पराजित भएको थियो । तर अन्तिम खेलमा बुटवल ब्लास्टर्सलाई ४ विकेटले हराउँदै ज्ञानेन्द्र मल्ल कप्तान रहेको काठमाडौंलाई नेट रन रेटमा पछि पार्दै प्ले अफमा पुगेको थियो ।

चितवनले पहिलो खेलमा पोखरा पल्टनलाई ६ विकेट र दोस्रो खेलमा बुटवललाई १ सय १९ रनको पराजित गरेको थियो । तेस्रो खेलमा चितवनले धनगढीलाई ५२ रन र चौथोमा विराटनगरलाई १८ रनले हराएको थियो । अन्तिम खेलमा काठमाडौंलाई ६० रनले हराउँदै चितवन अपराजित रहँदै फाइनलमा प्रवेश गरेको थियो ।

पीपीएलको विजेताले २७ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताका म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले टिभिएस मोटरसाइकल प्राप्त गर्ने छन् ।

February 27, 2025

सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौंको जित

काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेल रद्द

एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा बाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]

Success

Thank you for your time.